१९ माघ / २०७७ सोमबार

प्रेम बहादुर बाकाबल / पाल्पा – अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोटको ५४ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देविलाल लामिछाने अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो।
मुख्य पाहुना सारुले कार्यक्रमको उदघाटन गर्दै गाउँ पालिका भित्र रहेका बालालिकाहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न सम्पुर्ण विद्यालयका शिक्षकहरुलाइ विषयगत तालिम दिने र मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत जेहेन्दार छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो । उहाँले अगाडि भन्नुभयो छरिएर जिर्ण रहेको भवनहरुलाई आगामी दिनमा व्यवस्थित गर्न संचालक समितिको ध्यान दिनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि निस्दी स्रोत केन्द्रका स्रोत व्यक्ति नर बहादुर थापाले कोरोनाको कहरका कारण पढाई अस्तव्यस्त भएको बताउदै शैक्षिक वर्ष केही लम्बिन सक्ने जानकारी गराउनुभयो। सोही अवसरमा निस्दी गाउँ पालिका वार्ड न २ का वार्ड अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल र पुर्व सहलकोट गा वि स अध्यक्ष मन बहादुर रानाले विद्यालयको प्रगतिका बारेमा आ-आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रमको अवसरमा स्वर्गीय राेहिणि प्रसाद उपाध्याय स्मृति अक्षयकोषका लागि चन्द्रसुर्य हार्डवयरका दिपक प्रसाद आचार्य र विष्णु प्रसाद आचार्य बाट २५ हजार १११ रुपैयाँ , ता न पा ५ निवासी राजेन्द्र प्रसाद लिगलबाट स्वर्गीय गम माया श्रेष्ठको सम्झनामा १० हजार ५०५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ त्यसैगरी रामपुर नगरपालिका ५ निवासी राजुप्रसाद श्रेष्ठबाट स्वर्गीय लोकप्रसाद तथा शेष कुमारी श्रेष्ठको सम्झनामा २५ हजार १११ रुपैयाँ र रा न पा ५ निवासी बिनोद श्रेष्ठबाट १० हजार ५०१ रुपैया बराबरको अक्षयकोष स्थापना गरेको छ ।
विद्यालय को बाषिक प्रतिवेदन प्रस्तुत गर्दै रु १ करोड ९७ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गर्नुभयो ।

तस्बिर : प्रेम बहादुर बाकाबल

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय