कबिता

लामो …..
सर्को सरक्क तानेर
जय बम भोले भन्दै
पशुपतिको मन्दिर भित्र बस्दैमा
अह
मैले शिवजीको दर्शन कहिले पाउदिन

बिहान बिहानै
अगरबत्ती बालेर
प्रसात , टीका , र घण्टी बजाउदै
घरको खोपीमा भएको लक्ष्मीको पुजा गर्दैमा
मलाई कहिले धनी हुन आएन

थाहा छ
स्याल सिहदरबार भित्र छिरे पछि बाघ हुनु पर्छ
मुसालाई आफ्नो दुलो भित्र बिरालो हुनु पर्छ
आफैले उक्लेको बाटो र साथ बिर्सिनु पर्छ

आखिर किन …
उखानको भाषणले देश बन्ने भए
देश म भन्दा कैयौ कोस टाढा हुने थियो
यहाँ नाटक र नौटङकी बाजि चलिरहेको छ
मादलको तालमा दुनियाँलाई नचाएर त्यो बादक भएको छ
कलङकीको सडक छ ल्याण्डको बनाउदैमा कर्णालीमा गाडी चल्दैन
सब- बेफ्वाकको
रत्नपार्कमा हरेक सामान दुई सय
सस्तो अनि राम्रो
तर बेच्ने बेला सय ….

सुजन सिजाली निस्दी-६,अर्चले,पाल्पा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय