प्रेमबहादुर बाकाबल , सहलकोट
जिल्ला आयोजना कार्यान्वयन इकाई भवन पाल्पाको आर्थिक सहयोगमा गुल्मी जिल्लाको विभिन्न ठाउँमा एकीकृत वस्ती योजनाको कार्य शुरूवात भएको छ ।
गुल्मी जिल्लाको मदाने ३ मा काफलपाटा र खन्युखर्क एकीकृत वस्ती योजना अनि धुर्कोट ७ मा धुर्कोट एकीकृत वस्ती योजना संचालनमा रहेको छ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवन पाल्पाका सव इन्जिनियर नारायण भट्टराईका अनुसार एकीकृत वस्ती योजनाको कुल लागत रु २ करोड १० लाख ९३ हजार ९२० रुपैया बराबरको हुने र सो लागत मध्ये २८ लाख ३४ हजार ७२० रुपैयाँ अर्थात करिब १४ प्रतिशत रकम उपभोक्ता समिति बाट बेहोर्नुपर्ने रहेकोे छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवन पाल्पाका निमित्त आयोजना प्रमुख टीका बहादुर थापाले उक्त योजनाबाट गुल्मी जिल्लाका ४८ घरधुरी का २५० जना लाभान्वित हुने बताउदै २०७८ वैशाख १८ भित्र सम्पुर्ण काम सक्ने बताउनुभयो । अहिलेसम्म उक्त योजनाको ५० प्रतिशत काम सम्पन्न भैसकेको छ।
खन्युखर्क एकीकृत वस्ती योजनाको उपभोक्ता समितिका अध्यक्ष बिष्णु बहादुर बि. क. ले योजना २०७७ पौष १२ गते सम्झौता भै काम शुरु भएको हुनाले निर्धारित समय भित्र योजनाको सम्पुर्ण काम सकिनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय