म ….
सानो मान्छे
राजधानीको सडक जस्तै फरकिलो सपना बोक्दै
जब …
राजधानी छिरे

यहाँ
हरेक कुराको राज चलेको पाटो रहेछ
कोहि भोकै कोहि खान पचाउन दाडिने बाटो रहेछ
वाद – वाद र फरकको हुकुमत रहेछ
अनि ..
अजिङ्गर भन्दा ठुला देश निल्ने सर्पहरु पाउँदा रहेछन
लिमामी र मलामिहरुको ध्रुवीकरणको गुजुल्टो रहेछ
यो सब सोच्दै …
रत्नपार्कको पुलमा बसेर हुल हुलको बेहाल हेर्दैछु

ढलेको धराहरा
पैसाको लागि कुदेका मुसा दौडहरु
चुस्ने र चपाउने मुख भन्दा धेरै रहेछ
सुनौलो बिहानीमा भोकाउनेहरु

म जस्तै सोचेको थिए
उ जस्तै रहेछ
राजधानी
राहदानीमा मान्छे उडाउने वायुपङखि घोडा रहेछ
राजधानी
जवानीको धुवानी गर्ने शहर रहेछ
राजधानी
कलेजको नाउमा बन्द रुम भित्र दुनिया चम्काउने जलप रहेछ
राजधानी

सुजन सिजाली निस्दी-६,अर्चले,पाल्पा ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय