होम राई मगर
निस्दी,पाल्पा । १५ माघ । सरस्वती माध्यमिक विद्यालय निस्दी-७,ज्यामिरे,चारघरे,पाल्पाले आफ्नो ६० औं वार्षिकोत्सब मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्त बहादुर पाटाको अध्यक्षतामा चलेको कार्यक्रमको प्रमुख अतिथि वडा नम्बर-७,ज्यामिरेका वडा सदस्य लाल बहादुर सारु रहनु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सारुले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेकोले सोही अनुसारको शिक्षा दिन शिक्षकहरुलाई अनुरोध गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद आलेले आर्थिक वर्ष २०७६/०७७ को करीब १ करोड ३७ लाख बराबरको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जम्मा २४५ जना विद्यार्थी रहेको सरस्वती माध्यमिक विद्यालयमा गत शैक्षिकसत्र देखि कक्षा ११ सन्चालनमा आएको हो ।
विद्यालयका शिक्षक तुल्सी राम खनगाहाको स्वागत मन्तव्य शुरु भएको कार्यक्रमको सन्चालन शिक्षक हरि प्रसाद बस्यालले गर्नुभएको हो ।

फोटो :- मुक्त बहादुर पाटा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय