तराजु

थाहा छ
राम्रो पढ्नु पर्छ
राम्रो जागिर गर्नु पर्छ
तर …
मैले सिकेको गणितको हिसाबले
कहिले जिन्दगीको समस्या हल भएन
मैले पढेको न्युटनको बलले
जिन्दगी कहिल्यै
धेरैको जिवानी भोगेर
आफ्नै जिन्दगी बिर्सेको छु
सम्झे त केवल
किताबको अक्षरहरु चिन्न
जागिर खान अनुभव चाहिन्छ
अनुभव लिन प्रमाणपत्र
अब …
म…
बेरोजगारको किताब लेखेर
रोजगारीको बाटो खनु ?
त्यसैले ..
मलाई असल हुनु छ
मन्दिरको भेटी तोकेर
दुनियाँलाई चर्को बनाउनु छ
अनि बेरोजगारको भत्ता पचाउदै
सडकको हुलहरुसंंग मिसिनु छ
किन कि
कैयौ जुलुसको हुलमुलमा
आफ्नो परिचय र पहिचान दिनु छ
कैयौ ठाँउ टालेको आमाको गुन्यु फेर्नु छ
कहिले सपना
कहिले सम्झौता
यी दुइले मलाई तानिरहेको छ
आखिर
भेटिनु भनेकै छुटनु हो
टुक्रिनु भनेकै फैलिनु हो
यसैले
म .. दो-बाटो छु
दुबै आँखा मध्ये कुन फुटाउ भन्दै
महत्वको तराजु उचालिरहेको छु ।
सुजन सिजाली
निस्दी-६,अर्चले,पाल्पा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय