• १३ माघ २०७७ होम राई मगर

निस्दी,पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,सिमलडाँडा,पाल्पामा भलिबल प्रतियोगिता हुने भएको छ । जन उत्थान युवा क्लब निस्दी-६,अर्चले,सिमलडाँडा,पाल्पाको पाँचौ वार्षिकोत्सब अवसरमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष अर्जुन बयम्बुले परेवा खबरलाई जानकारी गराउनु भएको छ । आगामी माघ १६ गते देखि सन्चालन हुने प्रतियोगितामा प्रथम,द्वितीय र तृतीयलाई क्रमशः २० हजार,१५ हजार र १० हजार नगद पुरस्कार उपलब्ध गराउने आयोजकले जनाएको छ । त्यसै नगद पुरस्कारको साथै मेडल,प्रमाणपत्र र शिल्ड उपलब्ध गराउने समेत जनाएको छ । टोलको खेल मैदानमा सन्चालन हुने खेलमा विशुद्ध साविक वडाको हुनुपर्ने र पहिचान खुल्ने कागजात उपलब्ध गराउन अनुरोध गरेको छ । खेल सन्चालनका लागि विभिन्न व्यक्ति र समूहले समेत सहयोग गरेको अध्यक्ष बयम्बुले जानकारी गराउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय