११ माघ / २०७७ आइतबार

प्रेमबहादुर बाकाबल / पाल्पा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला सहलकोटमा सम्पन्न भएको छ । नेकपा सहलकोटका अध्यक्ष गगन सिंह सोतीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना लुम्बिनी प्रदेशका सांसद तथा प्रदेश कमिटी सल्लाहकार युवराज खनाल रहनु भएको हो ।

मुख्य पाहुना खनालले देशको समसामयिक राजनैतिक अवस्था बारे जानकारी गराउदै निस्दीको बिकासका लागि आ-आफ्नो तह र तप्काबाट नि:स्वार्थ भावनाले लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि नेकपामा प्रवेश समेत गरेका छन् भने नव प्रवेशी सहलकोटका स्थानीय चुनावमा महिला सदस्य उम्मेदवार पुनम राना सहित बोमा कुमारी परियार,धन बहादुर दर्जी,मन बहादुर राना,चमेली कानुङ र मिलन राना रहेका छन् । नव प्रवेशीहरुलाई स्वागत गर्दै निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले केन्द्रमा अहिले भएको द्वन्द नितिको नभई नेताको भएकोले अहिले नभए पनि कुनै पनि समय मिल्न सक्छ भन्दै निराश भइ हाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

वडाध्यक्ष पूर्ण बहादुर बाकाबलको स्वागत मन्तव्यमा चलेको कार्यक्रमको सन्चालन प्रेम बहादुर बाकाबलले गर्नु भएको हो । कार्यक्रमको उद्देश्य बारे पाल्पा निर्वाचन कमिटी क्षेत्र नम्बर १ क का संयोजक देवीलाल लामीछानेले प्रकाश पार्नुभएको थियो भने दमन सिंह पाटा,मन बहादुर राना लगायतकाले बोल्नुभएको थियो । भेलाले गणेश दर्लामी संयोजक रहेको राष्ट्रिय युवा संघ, गन बहादुर बिक संयोजक रहेको नेपाल उत्पीडित जातिय मुक्ति र राममाया लामीछाने संयोजक रहेको अखिल नेपाल महिला संघ वडा कमिटी समेत गठन गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय