११ माघ / २०७७ आइतबार

पाल्पा – मुलुकमा अहिले देखिएको गतिरोध आउनुमा मुख्य दोषी`प्रचण्ड´ र माधवकुमार नेपाल रहेको नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताउनुभएको छ ।

शनिबार तानसेन नगरपालिकास्तरीय अगुवा कार्यकर्ता तथा जिल्लास्तरीय युवा भेलालाई सम्बोधन गर्नुहुँदै देश बिकासको परिवर्तनले गति लिएको बताउदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वले मात्र सम्भव रहेको बताउनुभयो। नेता पोखरेलले कहिलेकाहीँ नराम्रो घटनाले पनि राम्रो परिणाम ल्याउने बताउँदै अहिलेको घटना बच्चाको दाँत फुक्लेर बलियो दाँत आउन लागेको चित्रण गर्नुभयो । उहाँले फुक्लेपछिका बलिया दाँत निस्केजस्तै केपी ओली नेतृत्वको नेकपा पार्टी बलियो पार्टी निर्माण हुने दाबी गर्नुभयो । नेता पोखरेलले प्रचण्ड र माधव नेपालले पदीय स्वार्थका लागि पार्टी विभाजन गरेको बताउनु हुँदै नेता ओली नेतृत्वको सरकारले जनताका लागि विकास निर्माण, शिक्षा, स्वास्थ्यका क्षेत्रमा धेरै काम गरेको बताउनु भयो ।

कार्यक्रममा बोल्नु हुँदै नेकपा सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले प्रचण्ड-नेपाल समूहले नेपाली जनतालाई साइवर सेनाको संंज्ञा दिएको बताउदै नेपाली जनताले आगामी चुनावमा उनीहरूलाई पाखा लगाउने दाबी गर्नुभयो । नेता बस्नेतले अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको पक्षमा नेकपाका ९०/९२ प्रतिशत कार्यकर्ता रहेको बताउदै प्रचण्ड र माधब नेपालले नै पार्टी बिभाजन गर्न तल्लीन रहेको आरोप लगाउनुभयो ।


50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय