गम बयम्बु मगर ८ माघ / २०७७ बिहीबार

“हैन ए बुढा, यतिका अबेर गरेर कहाँ जानू भाथ्यो र ?”

अलिक अबेर फर्केकोमा बुढीले प्रेमपुर्वक सोधिन्। उनको मन भित्र रिस पनि थियो होला। तर देखाइनन्। दिमागमा कतै शंका पनि पो थियो कि!

“राजाहरू संग भेट भयो। नास्ता गर्दै गर्दा अबेर भयो प्यारी।”

मुखको आकृतिलाई भरसक पच्चीस शब्द उच्चरण गर्दा जस्तो होस् सोंचेर बोलेँ।

“गफ पनि हेर्नू न…! देशमा राजा फालेको मलाई थाहा छैन भन्ठान्नु भको ? म पनि त्यत्ति लाटी त छैन है बुढा। कसकी पत्नी हुँ म ? त्यत्ति त सोंच्नु हुन्छ होला नि ?”

म आफैँलाई ठुलो नाक बनाउने भाव सहित बोलिन्। मनमनै सोंचेँ- ‘हो, मेरी बुढी बाठी नै छिन्।’ मन फुरुङ्ग भयो।

“खास यसो हो बुढी, स्कुलतिर साथीभाई संग गफ गर्दै थिएँ। केशु खण्डलुक मगर र होम राई मगर पनि उतै झुल्किनु भयो। यसो संगै बसेर हल्का नास्ता गरौं न त भन्ने सल्लाह भयो। अनि थोरै ढिलो भएकै हो।”

मैले उनको मनमा शंकाको पहाड नठाडियोस् भन्ने सोंचले स्पष्ट पारी दिएँ। अनि बल्ल उनको मुखमा पच्चीस शब्द उच्चरण गर्दाको जस्तो आकृति बन्यो। पिपलपाते ओंठमा त्यो आकृति कति साह्रै सुहाएको हो। म मग्न मुघ्ध भएँ। आफैलाई भाग्यमानी ठानेँ।

“किन, राजाहरू संगै थिएँ भनेर कुरा घुमाउनु हुन्छ त नि ?”

“तिम्लाई थाहा छैन नि यो कुरा, केशु खण्डलुक मगर मेरो प्यारो भान्जा राजा हुनुहुन्छ। मैले प्राय मायाले “राजा” नै भन्ने गर्छु। होम राई मगर मेरै बहिनीको श्रीमान। उहाँ मेरै ज्वाइँ राजा। उहाँ पनि त राजा नै पर्नु भयो।”

यसो भनि रहँदा मेरी प्यारीले दिमागको रिसलाई बरफ बनाएर। मनको शंकालाई गतिलो इरेजरले कापीको पानामा भएको अक्षर लाई मेट्दा सफा देखिए जस्तै भएर नि:संकोच मेरो काँधमा आड लिएर बसेकी थिइन्। ढुक्क भएरै त होला !


(नोट:- केशु खण्डलुक राजा र होम ज्वाइँ राजा लाई त्यसरी संगै बसेर नास्ता खाने दिन जुराउनु पर्छ है। अहिलेलाई भने कल्पना मात्र गरेँ भन्ने सन्देश पुर्याउन चाहन्छु।)

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय