५ माघ / २०७७ सोमबार

पाल्पा- नेपाल कम्युनिस्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला मित्यालमा भएको छ। नेपाल कम्युनिस्ट पार्टी ४ नम्बर वडा संगठन कमिटी मित्यालका अध्यक्ष रन बहादुर गाहाको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि नेकपा पाल्पा जिल्ला सदस्य तथा पाल्पा क्षेत्र नम्बर १ क का संयोजक देबीलाल लामिछाने रहनुभएको थियो ।

सभामा बोल्नुहुँदै प्रमुख अतिथि लामिछानेले पार्टी केन्द्रमा भएको विवादलाई खबरदारी गर्न र अन्य शक्तिलाई निष्क्रिय पार्नका साथै पार्टी एकताको लागि दबाब दिन निस्दीका नेकपा पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो। वडा कमिटी सदस्य बोम बहादुर खाम्चाको स्वागत मन्तव्यबाट शुरु भएको सभामा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , नेकपा पाल्पा जिल्ला सदस्य तथा निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चा , नेकपा पाल्पा जिल्ला सदस्य भुवन थापा , निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल , नेकपा क्षेत्र नम्बर १ पाल्पाका क्षेत्रीय समन्वय सदस्य मन प्रसाद सोती , नेकपा निस्दीका कार्यालय सदस्य नरबहादुर सुनारी , नेकपा निस्दीका सदस्य सन्तवीर सुनारी , निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका महिला सदस्य हेम कुमारी सुनारी लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो ।

भेलाले नेकपा पार्टीको वडा स्तरीय विभिन्न जनवर्गीय संगठन गठन गरेको छ। जसमध्ये युवा संघ नेपाल वडा संगठन कमिटीको संयोजकमा यम बहादुर सोमै र सह संयोजकमा पुनाराम सुनारी , अखिल नेपाल महिला संघ वडा संगठन कमिटीको संयोजकमा तिर्सना खन्गाहा र सह संयोजकमा जसमौती सारु त्यसैगरी नेपाल उत्पीडित जातिय मुक्ति वडा संगठन कमिटीको संयोजकमा सुरेन्द्र परियार र सह संयोजकमा प्रेम बहादुर विकलाई छनौट गरेको छ।

मित्यालको झ्यालतुङमा भएको भेलाको संचालन वडा कमिटी सचिव बिक्रम सारुले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय