४ माघ / २०७७ आइतबार

धनबहादुर ठाडा / पाल्पा- निस्दी गाउँपालिका मित्यालमा विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। माघे संक्रान्तिको अवसर पारेर मित्याल स्पोर्ट्स क्लबको मुख्य आयोजना तथा मित्याल बजार व्यवस्थापन समितिको सह- आयोजनामा संचालित खेलकुद प्रतियोगिता आइतबार सकिएको हो।

नौलो बिहानी पार्क रुक्सेभन्ज्याङमा भएको खेलकुद प्रतियोगितामा पुरुष भलिब तर्फ ३० समूह , महिला भलिबल तर्फ १२ समूह र ब्याडमिन्टन प्रतियोगितामा १४ समुहको सहभागिता रहेको थियो । पुरुष भलिबलमा निस्दी ४ मित्याल , भोर्मा पहिलो निस्दी ५ गल्धा दोस्रो र आयोजक मित्याल स्पोर्ट्स क्लब तेस्रो भएको थियो । त्यस्तै महिला भलिबल तर्फ निस्दी २ सहलकोट पहिलो , आयोजक टिम दोस्रो र निस्दी ४ मित्याल लामेदमार तेस्रो भएको हो। ब्याडमिन्टन प्रतियोगितामा पहिलो र दोस्रो आयोजक टिम र तेस्रो रामपुरको टिम भएको थियो ।

क्लबका अध्यक्ष हुम बहादुर सारुको अध्यक्षतामा भएको बिजेता समुहलाई प्रमुख अतिथि निस्दी गाउँपालिका वडा नम्बर ४ मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीले एक कार्यक्रमका बीच नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

विजेता समूहले पुरुष भलिबल तर्फ पहिलो , दोस्रो र तेस्रोले क्रमशः नगद रु. २० हजार , १२ हजार र ७ हजार प्राप्त गरेका थिए । त्यस्तै महिला भलिबल तर्फ पहिलो , दोस्रो र तेस्रोले क्रमशः नगद रु. ४ हजार , ३ हजार र २ हजार पाएका थिए भने ब्याडमिन्टन तर्फ पहिलो , दोस्रो र तेस्रोले क्रमशः नगद रु. ३ हजार , २ हजार र १ हजार प्राप्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रमको संचालन क्लबका सदस्य लिल बहादुर रासले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय