३ माघ / २०७७ शनिबार

धनबहादुर ठाड / पाल्पा – निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई आर्थिक सहयोग प्राप्त भएको छ। धन कमाउनको लागि विदेश पस्नुभएको निस्दीका खाम्चा पुर्ण अशक्त भएर फर्कनुभयो भन्ने समाचारको प्रभावबाट खाम्चालाई आर्थिक सहयोग जुटदै आएको छ।

यसैबीच खाम्चालाई निस्दी ३ झिरुबास , क्याङरुङ्ग स्थायी निबासि नन्द बहादुर रानाले हाल दुबईबाट १७ हजार दुई सय ४ रुपैया सहयोग गर्नुभएको छ। सहयोग रकम रानाले आफू कार्यरत कम्पनीका नेपाली कामदारहरुबाट संकलन गरेर पठाएको बताउनुभयो । रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्नुहुँदै सहयोग गर्नुहुँने रानालाई धन्यवाद प्रकट गर्नुभएको छ । यस अगाडि खाम्चालाई विभिन्न व्यक्ति र समुहले पनि रकम सहयोग गरेका थिए ।

हालसम्म खाम्चालाई ७१ हजार २ सय ६९ रुपैयाँ सहयोग प्राप्त भएको छ। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल , भोर्माका हस्त बहादुर खाम्चा केही वर्ष अगाडि साउदी अरेबियाबाट पुर्ण अशक्त भएर फर्कनु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय