काठमाडौं- वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको प्रति नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति रोष प्रकट गरेका छन्।

तनहुँमा पुल उदघाटन गर्न पुगेका पौडेललाई प्रहरीले पक्राउ गरेपछि देउवाले प्रधानमन्त्री ओलीविरुद्ध रोष प्रकट गरेका हुन्। सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गरेर बिना कारण पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति देउवाले प्रधानमन्त्री ओलीलाई फोन गरी पक्राउको कारणबारे जिज्ञासा राखेका थिए। कांग्रेस सरकारकै समयमा पुल बनेको र बजेट विनियोजन गरिएको स्मरण गराउँदै सभापति देउवाले आफ्ना नेता कार्यकर्तामाथि ज्यादतिपूर्ण व्यवहार नगर्न चेतावनीसमेत दिएका थिए। 

देउवाले फोन गरेको केही समयपछि नै प्रहरीले पौडेललाई छोडेको थियो। व्यास नगरपालिकामा बनेको पुल उदघाटन गर्न नेकपा कार्यकर्ताले रोकेपछि विवाद उत्पन्न भएको थियो।

https://nepallive.com

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय