९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलता र पर्खाइ पछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो।

बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले पहिलो दिनको परीक्षा देशभर सहजरुपमा सम्पन्न भएको बताए । उनले ‘आज पहिलो दिन भएकाले कतैकतै केही मिनेट ढिलो सुरु भएको छ, तर समग्रमा परीक्षा शान्तिपूर्ण र सहजरुपमा नै भएको रिपोर्ट हामीलाई आएको जानकारी दिए ।


बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा तोकिएको थियो । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । कक्षा १२ को परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीहरु सहभागी छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय