सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । यसदिन सुन आइतबारकै मूल्य अर्थात छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री हुँदैछ । पछिल्लो तीन दिन यता चाँदी सोहि मूल्यमा किनबेच भइरहेको हो ।

अन्तरराष्टिय बजारमा सोमबार सुन प्रति अउन्स एक हजार ८७४ डलर बराबरमा कारोबार भइरहेको छ । सो बजारमा शुक्रबार सुन प्रति अउन्स एक हजार ८७९ डलरसम्ममा किनबेच भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय