निस्दी गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, कर्मचारी सहित १० जनालाई कोरोना देखिएको छ ।गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, प्रमुख प्रशासकिय अधिकृत भगवान भक्त अर्याल सहित कर्मचारी र भारत बाट आइ क्वरेन्टाइनमा रहनु नागरिकहरुको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिसाले जानकारी गराउनु भएको छ ।                                                      

गाउँपालिकाले २१ गते क्वारेन्टाईनमा रहेका, फ्रन्टलाईनमा खटिएका तथा लक्ष्यण देखिएका ५० जनाको स्वाव संकलन गरि पाल्पा अस्पतालमा सन्चालित कोभिड १९ प्रयोगशालामा पठाएको थियो । जसमा गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृत तथा केही कर्मचारी र सर्वसाधारणहरू गरि जम्मा १० जनाको रिपोर्ट पोजिटिभ आएको बताउनु भएको छ ।                                                                                     प्रमुख प्रशासकिय अधिकृत भगवान भक्त अर्यालले सबैको स्वास्थ्य अबस्था सामान्य नै रहेको र सबै जना आइसोलेसनमा बसिसकेको जानकारी गराउनु भएको छ । उहाँले समुदायस्तरमा कोरोना सङ्क्रमण हुन सक्ने जोखिमलाई न्यूनीकरण तथा रोकथाम गर्नको लागि राती १२ बजे देखि कार्तिक १ गते राति १२ बजे सम्म गाउँपालिकालाई सिल गर्ने निर्णय गरिएको बताउनु भएको छ । उहाँका अनुसार अत्यावश्यक बाहेक सवै बन्द गर्न व्याबसायक कर्ता सम्वन्धीत सवै स्थानियलाई आग्रह समेत गर्नु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय