रामपुर पाल्पा

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यलाइ आज बजारबासिले ज्ञापन पत्र बुझाएका छन । रामपुरको मुटु मानिने बेझाड बजारको बिच नगरपालिका अगाडी थुपारिएको फोहरले नगरपालिका र यसै पनि बेझाड बजारलाई प्रभावित बनाईरहेका बेला सोहि ठाउँमा फोहर प्रशोधन केन्द्र स्थापना गर्दा पर्ने असरलाई मध्यनजर गर्दै बजारबासी १९३ जनाले हस्ताक्षर गरेको पत्र बजार व्यबस्थापन समितिका अध्यक्ष विनोद श्रेष्ठको नेतृत्वमा बुझाईएको छ ।  

ज्ञापन पत्रमा भनिएको छ बजारको केन्द्रविन्दु भित्र बजारको फोहरमैला संकलन गरि कम्पोट मल नयाँ प्रबिधि अनुसार बनाउने भन्ने सुन्नमा आएको छ । त्यस प्रविधि प्रति हामी बजार बासि तथा सरोकार बालाहरुको तर्फबाट व्यापारिक र्पयटकिय भैगोलिक तथा धार्मिक हिसावले आफ्नो पहिचान बोकेको शहरिकरण तर्फ उन्मुख रहेको वेहोरा नगरपालिका हो यहाँलाई सवैलाई अवगत नेै छ यस अवस्थामा रामपुर नगरपालिका प्राङ्गण बजारको मुख्य केन्द् विन्दुमा फोहर मैला व्यवस्थापन कार्यवाट भएको प्रदुषणले यस क्षेत्रमा बसोबास गर्ने बासीन्दा नगरपालिका मालपोत नापी कार्यलयमा सेवा लिन आउने सेवाग्राहि सवैलाई प्रभावित र्पाने कार्य गरिरहेको छ ।

मानिसको स्वास्थ्य सगँ जोडिएको यो महत्वपूर्ण विषयमा जिम्मेवार निकायले ध्यान दिनु पर्दछ । बजारको केन्द्र विन्दु भित्र फोहर मैला व्यवस्थापन भएको त्यसमा पनि हाम्रो नगरपालिका भित्र मानविय स्वास्थ्य सगँ जोडिएको खानेपानि मुहान, धार्मीक हिसावले मठ मन्दिर, युवा क्लब, सहकारि गैर सरकारी संघ सस्थाले भरिएको क्षेत्रमा फोहर मैला व्यवस्थापनले यहाँ सौन्र्दय प्रतिठामा असर पु¥याउने भएकोले यस विषयलाई ध्यान दिई हाल सम्म गरिएको फोहर व्यवस्थापनलाई र्दिघकालिन रुपमा व्यवस्थापन हुने गरि छिटो व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले सपथ ग्रहण गर्दा पहिलो बाक्य रहेको थियो एक वर्ष भित्र फोहर व्यवस्थापन गर्ने तर आज सम्म पनि फोहर व्यवस्थापन हुन सकेको छैन भने नगरपालिकामा जनप्रतिनिथि आउनु अगाडि नै फोहर व्यवस्थापनका लागि भन्दै रामपुर ४मा जग्गा समेत किनीएको थियो । यसकाे लागी उचित पहल सम्वन्धित निकायले नगरेकाे समेत स्थानीय बजारबासीकाे भनार्इ रहेकाे छ ।

उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहजिकरणमा रामपुरमा अव्यवस्थित रुपमा फालिएको फोहोरजन्य पदार्थलाई प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन गरिने भएको हो । उद्यम चौतारी प्रालीका प्रबन्ध निर्देशक रिखिराम पौडेल र सूर्योदय क्लवका अध्यक्ष अनन्त श्रेष्ठले फालिएको फोहोरलाई मेसिनबाट प्रशोधन गरी प्राङ्गारिक मल उत्पादन बिधिका सम्बन्धमा रामपुर नगरपालिकालाई बुझाए पछि काम हुने भएको हो यसको लागी काम समेत गर्न ट्रस्ट निर्माण भैसकेको छ ।

नगरपालिकाकोे दैनिक निस्कने फोहोरमैलाको व्यबस्थापन गर्ने प्राङ्गारिकमल बनाउने उद्देश्य रहेको छ । उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाको सहजिकरणमा रामपुर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि टोल टोलमा तालिम संचालन, टोेलवासीलाई फोहोर वर्गीकरणको अभ्यास गराउने, मेसिनबाट मल उत्पादन अर्ध प्रशोधन गरी मल बिक्रि वितरण गर्ने प्रक्रिया गराउने कार्यक्रम रहेको नगर प्रमुख रमणबहादुर थापाले फोहरमैला व्यवस्थापन सम्वन्धिको छलफलमा जानकारी दिनुभएको थियो । फोहोरमैला व्यवस्थापनका लागि रामपुर नगरपालिकाले नगरपालिका परिषर नजिकै अस्थायी भवन निर्माण गरेको छ । रामपुरमा फोहोर व्यवस्थापन नहुदा बजार क्षेत्रबाट निस्कने फोहोरजन्य पदार्थ नगरपालिका परिषरमा फालिने गरिएको छ ।

केही समय अगाडी विभिन्न संचार माध्यममा फोहोरमैला व्यवस्थापन नहुदा समस्या सम्बन्धमा समाचार प्रसारण तथा प्रकाशन भएपछि फोहोरमैला व्यवस्थापनको प्रक्रिया अगाडी बढेको हो । फोहोरमैला प्रशोधन गर्ने मेसिन पनि रामपुरमा भित्रिसकेको छ । उद्यमी चौतारी प्राली र सूर्योदय क्लव स्याङ्गजाले यस आर्थिक वर्षमा रामपुर नगरपालिका संगै स्याङ्गजाको पुतलीबजार नगरपालिकाको समन्वयमा फोहोरमैला व्यवस्थापनको काम सुरु गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय