असोज १२ पाल्पा ,

रामपुर नगरपालिका वडा न १ रु८ मा नेपाली काँग्रेस पार्टी परित्याग गरि करिव १०० जना नेकपामा प्रवेश गरेका छन।

यस अघि गल्धामा पनि करिब ६० जना प्रवेस गरेका थिए । मीत्यालमा ६५ जना त्यस्तै गरि प्रत्येक वडामा भएको भेटघाटमा युवाहरु प्रवेश गरेको नेकपाका नेताले बताए। नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गर्नुहुँदै नेकपा केन्द्रिय सदस्य पाल्पा क्षेत्र नम्बर १ का संघीय सांसद दलबहादुर रानाले क्षमता र योग्यता हेरेर विशेष जिम्मेवारी दिने बताउनुभयो ।

सांसद रानाले मुलुकलाई नेकपाले मात्रै किनारा लगाउन सकिने बताउनुहुँदै मुलुकको सबैभन्दा ठुलो पार्टी नेकपामा गोलबन्दा हुन अनुरोध गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टी वडा न ८ वडा कमिटी अध्यक्ष दिनेश आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य राधाकृष्ण कंडेल ,नेकपा पाल्पा जिल्ला सदस्य तथा जिल्ला कमिटि सदस्य एव रामपुर नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ , नगर कमीटि अध्यक्ष कमलराज भट्टराई युवा नेताहरु लगायतले बोल्नुहुँदै पार्टी प्रवेश गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो।

आफुहरु विगत वर्षौंदेखि नेपाली काँग्रेसमा रहँदै आएकोमा पछिल्लो समय नेकपाको कार्यशैली र सिद्धान्त मन पारेर प्रवेश गरेको नव प्रबेशीहरुको भनाई रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय