प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन हुनु भएको छ ।
आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।
बुढाथोकी साघुँ साप्ताहिकका सम्पादक हुुनुन्छ । सरकारले उहाँलाई २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो ।