परेवा खबर संवाददाता

असोज ९पाल्पा , निस्दी गाउँपालिका मित्यालमा नेपाली काँग्रेस पार्टी परित्याग गरि ५७ जना नेकपामा प्रवेश गरेका छन।

यस अघि गल्धामा पनि करिब ६० जना प्रवेस गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेहरूलाई स्वागत गर्नुहुँदै नेकपा केन्द्रिय सदस्य पाल्पा क्षेत्र नम्बर १ का संघीय सांसद दलबहादुर रानाले क्षमता र योग्यता हेरेर विशेष जिम्मेवारी दिने बताउनुभयो ।

सांसद रानाले मुलुकलाई नेकपाले मात्रै किनारा लगाउन सकिने बताउनुहुँदै मुलुकको सबैभन्दा ठुलो पार्टी नेकपामा गोलबन्दा हुन अनुरोध गर्नुभयो।

नेपाल कम्युनिस्ट पार्टी वडा कमिटी मित्यालका अध्यक्ष रनबहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य राधाकृष्ण कंडेल ,नेकपा पाल्पा जिल्ला सदस्य तथा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु , नेकपा पाल्पा जिल्ला सदस्य भुवन थापा , नेकपा निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेमबहादुर खाम्चा लगायतले बोल्नुहुँदै पार्टी प्रवेश गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो।

आफुहरु विगत वर्षौंदेखि नेपाली काँग्रेसमा रहँदै आएकोमा पछिल्लो समय नेकपाको कार्यशैली र सिद्धान्त मन पारेर प्रवेश गरेको हेम बहादुर सुनारीले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय