धनबहादुर ठाडा असोज ७ पाल्पा , निस्दी गाउँपालिकामा एक घर एक धारा अभियानको संघीय संसद दल बहादुर रानाले उदघाटन गर्नु भएको छ।

निस्दीको मित्यालमा ५ नम्बर प्रदेश सरकारबाट विनियोजित ३० लाख र स्थानीयको ३ लाख जनश्रमदान गरि कुल ३३ लाखको लागतमा लिफ्टिङ खानेपानी योजना सम्पन्न भएको हो।

बुधबार खानेपानी योजनाको उदघाटन गर्नुहुँदै संसद रानाले सुखी नेपाली समृद्ध नेपालको नारालाई अगाडि सारिएको कुनै पनि नेपाली खानेपानी अभावमा रहन नपर्ने बताउनुभएको छ।

भिरपानी खानेपानी लिफ्टिङ आयोजनाका अध्यक्ष भोग बहादुर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान सभा सदस्य राधाकृष्ण कंडेल , निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले बोल्नुहुँदै डाँडा भेगमा खानेपानीको समस्या भोग्दै आएका नागरिकले घर घरमा धारा हुँदा धेरै ठुलो राहत महशुस गरिने बताउनुभयो ।

गाउँदेखि करिब ३ सय ५० मिटर टाढाबाट लिफ्टिङ प्रणालीले तानेर गाउँमा खानेपानी ल्याएपछि भिरपानीका ३० घर परिवार लाभान्वित भएको स्थानीय शिक्षक पुर्ण बहादुर सोमैले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय