परेवा खबर संवाददाता
रामपुर २६ भदौ ।

खुलमखुला राजनीतिक गतिविधिमा सक्रियता भएको भन्दै अनेरास्ववियू सहिद बहुमुखी क्यामपस कमिटीले दुई प्रध्यानाध्यापकको राजीनामा माग गरेको छ ।

क्याम्पस कमिटीका संयोजक मदन आर्चायद्धारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा माग गरिएको हो ।

“नैतिकता,आर्दश र समाज रुपान्तरणमा पहिलो हात रहेको संस्थाको नेतृत्वकर्ताबाट एउटा राजनीतिक दलको पक्षमा रहेर कालो कोठरीबाट राजनीतिक गतिविधी गर्ने विद्यालय प्रध्यापक हो भन्ने हैसियत गुमिसकेको छ । यदि राजनीतिक दलको कार्यकर्ता हुने हो भने गौरब गर्न लायक पद त्यागी खुल्ला राजनीतिमा आउन अनेरास्ववियू चुनौति दिन चाहान्छ” विज्ञप्तिमा भनिएको छ ।

संयोजक आर्चायले आजकै मितिदेखी रामतुल्सी माविबाट बालकृष्ण लम्साल र दरैठाँटी माविबाट सुन्दर प्रसाद देवकोटाले प्रध्यानाध्यापक पदबाट राजीनामा दिनु पर्ने कुरामा जोडदिए ।

उनले शैक्षिक क्षेत्रलाई शैक्षिक क्षेत्रकै रुपमा नै विकासगरी कुनै राजनीतिक दलको भर्तिकेन्द्रको रुपमा विकास गर्न नहुने र कसैको व्यक्तिगत स्वार्थले शान्तीपूर्ण र स्वतन्त्र संस्था बन्धक हुन नदिने र त्यसको निम्ती अनेरास्ववियू जस्तोसुकै सघंर्ष गर्न तयार भएको बताए ।
विज्ञप्ति हेर्नुहोस ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय