धनबहादुर ठाडा भदौ २१ पाल्पा ।


बैदेशीक रोजगारीको सिलशिलामा साउदीअरेबियाबाट पुर्ण अशक्त भएर फर्कनु भएका निस्दीका हस्त बहादुर खाम्चालाई समाचार आर्थिक सहयोग प्राप्त भएको छ।

धन कमाउन विदेश पस्नुभएका निस्दीका खाम्चा पुर्ण अशक्त भएर फर्कनु भयो भन्ने समाचारको प्रभावबाट खाम्चाले हाल सम्म २३ हजार सहयोग प्राप्त भएको छ।


वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा जानुभएको खाम्चा केहि वर्ष अगाडि पुर्ण अपांग भएर घर फर्कनु भएको थियो ।


खाम्चाको बारेमा विभिन्न संचार माध्यममा समाचार आएपछि क्रमशः सहयोग गर्नेहरुको संख्या थपिएका छन। निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल भोर्मा स्थायी निबासी खाम्चालाई शनिबार ८ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ।

निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल स्थायी ठेगाना भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहनु भएको मीन फालले खाम्चालाई ८ हजार रकम सहयोग स्वरुप पठाउनु भएको हो।


रकम पाएपछि खाम्चाले खुसी व्यक्त गर्नुहुँदै सबैलाई धन्यवाद दिनुभएको छ। यसभन्दा अगाडि पनि सञ्चारमाध्यमको समाचार प्रभावबाट खाम्चालाई विभिन्न व्यक्तिहरुले रकम सहयोग गर्नु भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय