परेवाखबर संवाददाता
भदौ १५ काठमाडौँ । रामपुर जापान सम्पर्क मञ्चको अध्यक्षमा उमेश अर्याल सर्वसहमतिबाट चयन हुनु भएको छ ।
सन २०१८ मा जापानको टोकियोमा स्थापना भएको मञ्चको अध्यक्षमा पाल्पा रामपुर ८ का अर्याल दोस्रो कार्यकालको लागि सर्वसम्मतरुपमा चयन हुनु भएको हो । स्थापना काल देखीनै सचिवको रुपमा जिम्मेवारी सम्हाल्दै आउनु भएका अर्याल सामाजिक कार्यमा पनि सक्रिय व्यक्तित्व हुुनुन्छ ।
आज टोकियोमा बसेको मञ्चको दोस्रो साधारण सभा तथा अधिवेशनले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
कार्यसमिती अध्यक्षको कार्यभार ग्रहण गर्दै अर्यालले आगामी दिनहरुमा रामपुर देखी जापानको बिभिन्न क्षेत्रमा बिभिन्न पेशा ब्यवसाय तथा रोजगारीमा आबद्ध एवं विद्यार्थीहरुलाई समावेस गर्ने र समस्यालाई समाधान गर्न पहल गर्ने बताउनु भयो ।
साथै अध्यक्ष अर्यालले नवनिर्वाचि कार्यसमिती सदस्यहरु सबैलाई बधाई तथा शुभकामना दिनुहुँदै आगामी दिनमा सबैबाट सहयोगको अपेक्षा रहेको बताउनु भयो ।
नव गठित कार्यसमितिको नामावली
अध्यक्ष :उमेश अर्याल
सचिव : सुदिप सुवेदी
कोषाध्यक्ष : विनोद थापा
सदस्य : नारायण भट्टराई
सदस्य : अशोक गैरे
सदस्य : सन्तोष श्रेष्ठ
सदस्य : शोभा मल्ल
सल्लाहकारहरु :रमेश कु थापा
विनोद आचार्य
गोविन्द अर्याल
सुमन सिं ठकुरी
नवगठित कार्यसमिति सदस्यसबैलाई निवर्तमान अध्यक्ष विनोद आचार्यले वधाई तथा शुभकामना दिनुभएको थियो ।