गत बुधबार रातीदेखि एक साताका लागि लगाइएको निषेधाज्ञा भोली (बुधबार) मध्यरातीबाट सकिन लागेकाले निषेधाज्ञा लम्बाउने तयारी भइरहेको स्रोतले बताएको छ ।

आज बस्ने उपत्यका भित्रका तीन जिल्लाका सिडिओको बैठकले निषेधाज्ञा बढाउने निर्णय गर्ने सम्भावना रहेको एक प्रमुख जिल्ला अधिकारीले बताए। तीन जिल्लाका सिडिओहरुको बैठक ४ बजे तय भएको जानकारी पनि उनले दिए।

काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा सकिनै लाग्दा आज उपत्यकाका तीन जिल्लाका सिडीओहरुको बैठक बस्न लागेको हो।

उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि निषेधाज्ञा लम्बिन सक्ने आँकलन गरिदै आइएको थियो। दैनिक दुई सयको हाराहारीमा कोरोना भाइरस संक्रमण देखिएका छन्।

संक्रमित बढेकै कारण निषेधाज्ञा जारी गरेर अत्यावश्यक सवारी साधनलाई मात्र चल्न दिइएको छ। अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई प्रहरीले होल्ड गर्दै जरिवाना समेत तिराएर छाड्ने गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय