परेवा खबर संवाददाता


काठमाडौँ ९ भदौ । पाल्पाली चेली तथा गायिका शकुन्तला गैरेको दोस्रो साँगितिक कोशेली “झल्को मायाँको” बजारमा सार्वजनिक भएको छ ।

शकुन्तला गैरेकै लय एवं शब्द रहेको यस एलबममा उनी स्वयमले नै स्वर भरेकी छन् भने पुरुष तर्फ सूर्य नेपालीको साथ रहेको छ ।


आर एम मिडिया मार्फत बजारमा आएको सो गीतको म्युजिक भिडियोमा सूर्य नेपाली रुविस थापा विष्णु सुनार र दिया ढकालले अभिनय भरेका छन् । भने अभि थापा मगरले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।


पहिलो पटक “चोखो मायाँ” बोलको साँगितिक कोशेली बजारमा ल्याएर साँगितिक क्षेत्रमा प्रवेश गरेकी पाल्पाली चेली शकुन्तला गैरे करिब १० वर्षको अन्तरालमा पुन दोस्रो एल्बम स्रोता दर्शक माझ पस्केकी हुन ।


पाल्पाको झडेवामा जन्मिएकी गैरे हाल कर्मथलोका रुपमा बुटवलमा बसोबास गर्दै आईरहेकी छिन । सानै देखी बनपाखा र मेलापातमा गीत गाउने बानी परेको हुँदा अझै पनि त्यो रहर नमरेका कारण लामो समय पछि पनि आफु साँगितिक फिल्डमा फर्किएको उनी बताउँछिन् ।।


मायाँ गर्ने जोडीलाई एक अर्काको झल्कोले सताउँदा मध्यराती पनि नभनी भेट्न गएको यर्थाथ र वास्तविक अवस्थालाई चित्रण गरी मौलिक शब्द बुनेर गीतमा ढालिएको छ ।
भिडियो हेर्नुहोस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय