काठमाडौँ, ८ भदौ । पछिल्लो चौविस घण्टामा देशभर २४६ महिला र ४९७ जना पुरुष गरी कुल ७४३ जना थप कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आईसीयूमा उपचाररत संक्रमितको संख्या १३८ जना र भेन्टिलेटरमा १५ जना संक्रमितको उपचार भइरहेको समेत जानकारी दिए ।
पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी कुल २२४ जनामा संक्रमण भएको बताए ।