बन्दना पोखरेल रामपुर पाल्पा
पाल्पामा पिसिआर मेसिन जडानको लागि एक करोड निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले नै पिसीआर मेशिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालको नाममा निकाशा गरेको हो ।

कोरोना संक्रमण , रोकथाम, नियन्त्रण तथा उपचारकोष सञ्चालक समितिको यही भाद्र २ गतेको १० औं बैठकबाट १ करोड रकम निकासा भएको पाल्पा क्षेत्र नं २ का संघिय सांसद सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

जिल्लास्थित सिसिएमसी र अस्पताल ब्यवस्थापन समितिले छोटो प्रक्रियाबाट पिसिआर मेशिन तथा अन्य उपकरण खरिद गरी प्रयोगशाला सञ्चालन गर्न रकम निकास गरिएको प्रदान प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिब बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

पछिल्लो समय पाल्पामा कोरोना समुदायमा स्तरमा देखिन थालेको अवस्थामा परिक्षणको दायारलाई विस्तार गर्न सहज हुने अपेक्षा लिईएको छ । साथै छिमेकी जिल्लाहरु गुल्मी,अर्घाखाँचि लगायतका जिल्लाको स्वाब परिक्षण समेत टेवा पुग्ने छ ।

पाल्पा क्षेत्र न २ का संघिय साम्सद पाण्डेका अनुसार नेपाल सरकारले तुरुन्त मिसिन पठाउन नसक्ने भने पछि बिभिन्न कार्यालय गई कि हामलिाई मेसिन चाहियो कि पैसा छुटाउनु प¥यो भन्ने माग राखेपछि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रि कार्यलयलाई पत्राचार ग¥यो प्रधानमन्त्रि कार्यालयले र अर्थमन्त्रालयलाई त्यस पछि त्यहाँ बाट कोभीड कोषमा पत्राचार गरेपछि भने महालेखा परिक्षकको कार्यलय बाट पाल्पाको कोलोनिकामा पैसा पठाईएको छ ।

पैसा पाल्पा कोष तथा लेखा नियन्त्रणको कार्यलयमा आई सकेको बताउनु भयो । पाल्पा जिल्ला अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेका अनुसार प्रकृया पुरा गरेर छिट्टै सेवा दिने बताउनु भएको छ । अध्यक्ष पाण्डेका अनुसार १० वटा मेसिन मध्ये एक पाल्पामा परको र सवै तवरले सहयोग गर्ने सवैलाई धन्यबाद समेत दिन चाहेको बताउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय