विशाल प्रसाद पौडेल
सरल भाषामा भन्नु पर्दा आजकल समाज निकैनै जटिल मोडमा पुगेको छ । सामाजिक मुल्य, मान्यता , परिवेश , भाषा र संस्कृति यसरी बिऋङ्खलित भाको छ कि मानौ यहाँ कसैलाई कसै देखि डर छैन् । पुरानो पुस्ता अपमान र संरक्षण नपाएर यहि पृथ्विमा नर्कको जिवन बाँच्न विवश छ भने नयाँ पुस्ता पनि अर्काको संस्कृतिको खोल ओढेर आफनो भएको चाल बिर्सिएर यसरी भुमरीमा परेको छ कि त्यहाँबाट निस्कन ठुलै जप तथा यज्ञको आयोजना गर्नु पर्ने आवश्यकता भइसकेको छ । त्यति मात्र कहाँ हो र नयाँ पुस्ता त यति महत्वकांक्षी भएको छ कि भनेको हुनै पर्ने नभए यो लामो जिवनलिला कुन बेलामा सिध्याँउछन् त्यसको निश्चिन्तता छैन् । यसले सम्मानयोग्य पुस्ता र विचार जोशको सबल पुस्ता बिचको सम्बन्धमा दरार उत्पन्न गरेको छ ।

माथि उल्लेख गरिएका नकारात्मक सामाजिक पाटोको बिषयमा सिधै प्रवेश गर्ने मन त थिएन तर बाध्य भएर प्रवेश गर्ने चेष्टा गरे । अब यि माथि उल्लेखित सामाजिक यथार्थमा समाज कसरी प्रवेश ग¥यो त त्यो बिषयमा एकछिन छलफल गरौँ ।

नेपाली समाजिक परिवेश निकै सरल थियो । नेपालीहरु एकदमै सरल र हाँसीखुशी जिवन बाँचिरहेका थिए । यसको मतलब सबै नेपाली सम्पन्न र हरेक आवश्यकता पुर्ति गर्न सक्षम थिए भन्ने होइन । पक्कै पनि दुः ख थियो , जिवनमा ठुलै संघर्ष थियो तर कसैमा आडम्बर थिएन, कसैमा त्यति धेरै रिस, डाहा , घमण्ड थिएन । सबै मिलेर बसेका थिए । काम मिलेर गर्थे । सुः ख मिलेर साट्थे अनि दुःख पनि । समाजमा जे हुन्थयो त्यो साझा हुन्थ्यो ।

समाजका प्रत्येक तप्का तप्का चलायमान थियो । साना चाडपर्व देखि ठुला चाडपर्वहरु धुमधामका साथ मनाइन्थ्यो । घर सानो खरले छाएको झुप्रो थियो तर परिवारका सदस्यहरुको मन ठुलो थियो । एकअर्काप्रति उच्च सम्मान थियो । एकछाक खान पनि धौ–धौ थियो । खाधान्न पर्याप्त उत्पादन हुदैन थियो तर भएको सबैले बाँडेर खादा त्यसले दिने आनन्द कति स्वर्गिय थियो ।


आज समाज विकसित भएको छ तर परिवेश विकसित भएको छैन् । झुप्रोको ठाँउमा सुविधासम्पन्न पक्का घर बनेका छन् तर मन फाँटिएको छ । सबैजना मिलेर बनेको सुन्दर संयुक्त परिवार धुँजाधुजा भएर फाटिएको छ । अब हजुरबुबा र हजुरआमासँग नयाँ पुस्ता सँगसँगै लडिबुढि खेल्न पाउदैन् । उसले त्यो बुढो हजुरबुबा र हजुरआमाको ममतामयि स्पर्श कहिल्यै पाउदैनन् । त्यो भावनात्क सम्बन्ध र आत्मियपन जसले हजुरबुबाको पुस्ता र नयाँ पुस्तालाई जोडेर राख्थ्यो त्यो डोरी चुडिएको छ । अब कसरि अरुभन्दा धनि हुने ?

अरुभन्दा कसरि धेरै ठुलो प्रगति गर्ने ?अरु भन्दा कसरि महँगो गाडि चढ्ने ? अरु भन्दा कसरि महगो फेसन डिजाइनको लुगा लगाउने ? अरुको भन्दा कसरि दुईतला बढि थप्ने घरमा ? अरुलाई कसरि आफुभन्दा अघि बढ्न नदिने ? कसरि अरुको दुःख र पिडालाई मजाक बनाएर त्यसलाई यो समाजमा बस्न असक्षम र कमजोर साबित गर्ने ? हो नयाँ पुस्ताले यहि सिकेको छ । उसले आफनो संस्कृति एकदमै तुच्छ र तल्लो तहको ठानेको छ ।

उसले पश्चिमा आयातित संस्कृतिलाई बिकसित र भब्य मानेको छ । ऊ आफुलाई एकदमै आधुनिक, शिक्षित र भव्य जानकार मानिरहेको छ भने ति अनुभवले खारिएका, जिवनका सबै पाटो आफैले भोगेर सिकेका ति महान् पुस्ता लाई धिक्कारी रहेको छ । अपमान गरिरहेको छ । उनिहरुको कुरा सुन्नु त परको कुरा आफनै अपरिपक्क र अल्पज्ञानलाई बाँढ्ने चेष्टासम्म गरिरहेको छैन् । हो हामि यहिनेर चुकिरहेका छौँ ।

हामिले सामाजिक हरेक पक्षलाई यिनै कार्यहरुबाट नष्ट गरिरहेका छौ । बिचमा रहेको आमाबुबाको पुस्ता आफैलाई सम्हाल्न सकिरहेको छैन् । न उसले सम्मानित पुस्ताको केहि गुण ग्रहण गरेको छ न त नयाँ पुस्ताको नै यसले यो पुस्तालाई न हाँसको चाल न बकुल्लाको चाल बनाएको छ ।

यसो भन्दै गर्दा नयाँ र विकसित समाजचाँही के आवश्यक होइन त ? पक्कै पनि हो नयाँ र विकसित समाजले पनि थुप्रै बिबिध राम्रा गुणहरु विकास गरेको छ । नयाँ पुस्ता यति धेरै चलायमान छ कि जसले गर्दा समाजका कतिपय विकास छोटो समयमानै सम्भव भएका छन् । नयाँ पुस्ता आफुलाई अरु भन्दा पृथक देखाउन चाहन्छ र ऊ पलपल यसको लागि चिन्तित छ । प्रत्येक सेकेण्डको पनि महत्व छ भन्ने कुरा नयाँ पुस्ता र नयाँ सामाजिक परिवेशले पुष्टि गरेको छ ।
अबको समाजलाई कसरी सन्तुलित बनाउने त ?

समाजलाई पहिलेको जस्तै सरल बनाउन र अहिलेको जस्तो आधुनिक बनाउन त्यति सजिलो छैन् । तसर्थ पुराना समाजका सकारात्मक पाटाहरु र नयाँ परिवर्तित समाजका सकारात्मक विकसित पाटाहरुको मिश्रणनै अहिलेको संकटमा रहेको सामाजिक परिवेशलाई दिगो विकासतर्फ दिशानिर्देश गर्न सकिन्छ । भनाईको मतलब पहिलेको मानविय धैर्यता, हरेक संकटसँग नआतिकन सबै मिलेर त्यसको समाधान खोज्ने, थोरै भएपनि पुग्ने तर खुशि रहने शैलि, एकअर्का बिचको आपसि अस्तित्वको सम्मान, माया र ममता प्रदान गर्ने शैली, जोहो गर्ने सरल तरिका आदि सिक्नुपर्ने हुन्छ भने ।

नयाँ समाजको बिकृति र बिसंगतिलाई छोडेर आवश्यक परिवर्तन गर्ने, आफनो क्षमतालाई लुकाएर नबस्ने, महिला र पुरुषबिचको लैङ्गिक विभेदलाई छोडेर समाजमा दुबैको अस्तित्व र आत्मसम्मान प्रदान गर्ने, प्रत्येक सेकेण्डको महत्व हुन्छ त्यसैले प्रत्येक क्षण समाजलाई केही योगदान दिने बुझाई, सबै बिकासको दिगो र टिकाउ स्वरुपको लागि आर्थिका पाटो सबल हुनुपर्ने मान्यता यि सबैको संयुक्त र सकारात्मक ग्रहण र सिकाई ले अबको समाजलाई बिऋङखलित हुनबाट रोक्ने र बिकसित पनि बनाँउदै लैजाने देखिन्छ ।

(लेखक पौडेल लायन्स क्लव अफ इन्द्रावतिको सचिव तथा प्रेस काउन्सिल नेपालमा कार्यरत हुनुहुन्छ । )

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय