धनबहादुर ठाडा साउन २१ पाल्पा निस्दी गाउँपालिकाले समुदाय स्तरका १ सय ८ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरेको छ।
समुदायमा कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले पहिलो चरणमा १ सय ८ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।
बुधबार निस्दीमा क्वारिन्टिनमा रहेका १० जना र अन्य स्वास्थ्य कर्मी , सुरक्षा कर्मी , पत्रकार , जनप्रतिनिधि , कर्मचारी तथा समुदाय स्तरका व्यक्तिहरुको स्वाव संकलन गरि प्रदेश जन स्वास्थ्य प्रयोगशाला भैरहवा पठाएको छ। यसको रिपोर्ट आगामी एक हप्ता भित्र आउने संयोजक दिशाले बताउनुभयो।