टेक बहादुर राना

रामपुर पाल्पा २१साउन पाल्पाको निस्दी गाउँपालिका वडा नं ५ गल्धा स्थित सरस्वती माविको विद्यालय व्यवस्थापन समितीमा हाल सम्म नेपालकै कान्छा अध्यक्ष सर्वसहमतीले चुनिएका छन् ।

२७ वर्षका पिलेन्द्र ठाडा मावि विद्यालयको व्यवस्थापन समिती जस्तो महत्वपुर्ण पदमा आसिन हुन पुगेका हुन ।

२०६५ सालमा सरस्वती मावि गल्धा कठैडाँडाबाट प्रथम श्रेणीमा एसएलसी पास भएका ठाडा अहिले सोही विद्यालयको व्यवस्थापनको जिम्मेवारी सम्हाल्न आईपुगेका छन् । बुटवलबाट आइए क्लिएर गरेर आफ्नै ठाउँमा व्यवसाय क्षेत्रमा जमेका पिलेन्द्र स्थानिय जनसमुदायको आग्रहमा विद्यालय सुधार गर्ने नेतृत्व पाएका हुन ।

उनले आफ्नो ३ वर्षे कार्यकालमा विद्यालयको भौतिक स्तर उन्नती गर्ने,नयाँ प्रविधिको खोज अनुसन्धान गरी शिकाइलाई जोड दिने,आर्थिक पार्दशिता,विद्यालको कोष वृद्धि, रिक्त रहेका शिक्षक दरबन्दीको सिग्र पदपुर्ति गर्ने,विद्यार्थीलाई सिकाई मैत्री वातावरण निर्माण गर्ने जस्ता योजना रहेको बताए ।

आफ्नो कार्यकालमा पाल्पा जिल्लाको उत्कृष्ट विद्यालय बनाएर छोड्ने प्रण समेत उनले गरेका छन् । अध्यक्ष ठाडाले यसको निम्ती व्यवस्थापन समितिको मात्र भुमिका नभएर शिक्षक विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध प्रगाड हुनु पर्नेमा जोड दिएका छन् ।

सरसस्वती माविको व्यवस्थापन समितिमा अध्यक्ष पिलेन्द्र ठाडा, सदस्य सचिव प्र.अ सुशिल ढकाल,जनप्रतिनिधि सदस्य(वडा अध्यक्ष) भिम बहादुर बयम्बु, शिक्षक प्रतिनिधि हरी गौतम,सदस्य आसमौति सोति,खेम बहादुर टोमाटा,सन्त बहादुर पचभैया,मनकुमारी शाही,विष्णुमायाँ सोती चुनिनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय