धनबहादुर ठाडा साउन २१ पाल्पा ,
निस्दी गाउँपालिकाले समुदाय स्तरका १ सय ८ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरेको छ।

समुदायमा कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले पहिलो चरणमा १ सय ८ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले बताउनुभयो ।

बुधबार निस्दीमा क्वारिन्टिनमा रहेका १० जना र अन्य स्वास्थ्य कर्मी , सुरक्षाकर्मी , पत्रकार , जनप्रतिनिधि , कर्मचारी तथा समुदाय स्तरका व्यक्तिहरुको स्वाव संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाएको छ।

यसको रिपोर्ट आगामी एक हप्ता भित्र आउने संयोजक दिशाले बताउनुभयो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय