आइतबार सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ।

शुक्रबार प्रतितोला ९९ हजार तीन सयमा कारोबार भएको सुन आज तीन सयले बढेर एतिहासिक रेकर्ड कायम गरेको हो। यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। शुक्रबार १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेको हो।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा देखिएको महासंघले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय