रामपुर (पाल्पा), १४ साउन ः पाल्पाको रामपुर नगरपालिका ६ स्थित तिलकपुर नवदुर्गा मावि नजिकै वर्षाले एक घर भत्किएको हो । लगातारको वर्षाले जमिन गलेपछि तिलीसरा सूर्यवंशीको दुईतले कच्ची घर मंगलवार राती भत्किएर पूर्ण रुपमा क्षति भएको हो ।

   घर भत्किएपछि पिडित दुई जना (आमा र छोरी) को परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् । करिव ६ लाख बराबरको क्षति पुगेको छ इलाका प्रहरी कायार्लय रामपुरले जनाएकाे छ ।

   पिडित परिवारलाई वडा तथा नगरपालिका कार्यालयबाट सक्दो सहयोग गर्ने वडाध्यक्ष एवम नगर प्रवक्ता हुमनाथ न्याैपानेले बताउनुभयो । घरको केही भाग यसअघि नै पनि पानी परेपछि भत्किएको र पुनः गएरातीको वर्षाले पूर्ण रुपमा क्षति पु¥याएको छ ।

   घर भत्किएपछि प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य युवराज खनालले बुधवार अनुगमन गर्नुभएको छ । पिडित परिवारलाई सहयोगका लागि आफूले पहल गर्ने प्रदेश सभा सदस्य खनालले बताउनुभयो । वर्षायामका बेला बाढी पहिरोको जोखिम बढ्ने हुदा जोखिमयुक्त घर तथा ठाउँमा बसोबास गर्नेले सजगता अपनाउन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

   
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय