पाल्पा – रामपुर ७ को मान बहादुर सुनारको निधनको १३ दिनको चोखिने प्रसाद खाएर बिरामी हुनेको संख्या ७५ जना पुगेको छ ।

मंगलबार ५० जना मात्र बिरामी परेका बुधबार भने थप २५ जनामा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।


१३ औँ दिनको पृती प्रसादमा खिर, तरकारी र अचार खाएका उनीहरु मंगलबारदेखि बिरामी परेका हुन् । उनीमध्ये ५२ जनाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।


आज रामपुर अस्पतालमा र्भना भएका २५ मध्ये ३ जनाको रामपुर उपचार भइरहेको र अन्यलाइ डिस्र्चाज गरिएको रामपुर अस्पतालका सुचना अधिकृत रामप्रसाद कोइरालाले जानकारि गराउनु भएको छ । मंगलबारदेखि नै झाडा वान्ता र पेट दुख्ने समस्या देखिएपछि उनीहरूलाइ रामपुर अस्पतालबाट रिफर गरेर थप उपचारका लागि तानसेन ल्याइएको थियो ।


स्थानीयका अनुसार पाउडरको दुधमा उनीहरूले खीर पकाएर तरकारीसँगै खाएका थिए । तर कुन खानामा प्वाइजन थियो भन्ने बारेमा भने अझै अध्ययन् तथा अनुसन्धान हुन सकेको छैन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय