साउन १४ काठमाडौँ । राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकि २२ वर्षीया पवित्रा कार्किलाई युवा अभियान्ताहरुले भेट गरेका छन् । टोलीले कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा गई कार्किको उपचारको लागि सहयोग पनि गरेको छ ।

कार्यक्रममा अभियान्ता एवं प्रवक्ता कुशल अर्यालले सरकारको फितलो कानुनका कारण,एसीड प्रहारका घटना दिनानुदिन बड्दो रहेको भन्दै यस सम्बन्धमा कडा कानुन बनाउन पर्ने कुरामा जोड दिनु भयो त्यस्तै गरी अभियान्ता रवि पौडेलले अपराधका यस्ता घटनाबाट पीडितहरुले जीवनभर पीडा भोग्नुपर्ने भन्दै त्यसको लागि सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

अभियान्ता श्रीधर अर्यालले युवतिहरु एकपछि अर्को हिंसामा पर्दै आउनुले अझै पनि यो देशमा महिलाहरु प्रति हुने हिंसाको जड गाढा रहेको बताउनुभयो । अभियान्ता सम्झना पौडेलले १ बर्षभरी महिलामाथि भएको एसिड आक्रमणको तथ्यांक प्रस्तुत गर्दै अपराधिलाई कडा कारबाही माग गर्नुभयो । विशाल पौडेलले एसिड आक्रमण महिलाहरुमाथि हुने हिंसाका विभिन्न स्वरुप मध्ये एक भएको भन्दै आपराधिक मानसिकतामा परिवर्तन ल्याउन सक्नुपर्ने बताउनुभयो ।

अभियान्ता पूथ्वी दाहालले सम्बन्धित पक्षले यसको रोकथाम र नियन्त्रणका उपायहरु नयाँ ढंगले विकास गर्नु सक्नुपर्नेमा जोड दिनुभयो । अष्टे«लियाबाट अभियान्ता आस्तिक ढकालले पछिल्लो समय एसिड महिला हिंसा गर्ने एक हतियार बन्दै गएको भन्दै यस्को बिक्रि वितरणमा कडाइ गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले अबको दिनमा कुनैपनि महिलामाथि हुने हिंसा सह्य नहुने भन्दै यस्ता अपराधका विरुद आफुहरु खबरदारी गर्न सधै अग्रसर रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।


एक हप्ता अघिबाट सुरु भएको युवाहरुको अभियान,समाजमा विद्यमान विभिन्न समस्याहरु पत्ता लगाई त्यसको उचित समाधानका निम्ती सरोकार वालालाई घच्घच्याउने र खबरदारी गर्ने रहेको छ । समाज र देशको व्यतिथी,विसंगती, भ्रष्टाचारका विरुद्धमा युवाहरु जुरमुराएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय