पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले साउन ११ गते पनि नयाँ रेकर्ड कायम गरेको छ।
आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसदिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यता सुनको मूल्य आकासिय पछि बजार ठप्प रहेको छ । बजारमा किन्ने भन्दा बेच्नेको भिड लागेको व्यवसायिहरुले बताएका छन् ।
शुक्रबार सुनको मूल्य एक हजार ३०० रुपैयँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ३६५ रुपैयाँ कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५५ रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।