साउन ९ काठमाडौं । सुनको भाउ साउन ९ गते पनि तोलामा एक हजार ३०० रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम गरेको छ।

त्यस्तै, तेजाबी सुनको भाउ प्रतितोला ९५ हजार ३६५ रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस साता मात्रै सुनको भाउ ३ हजार ३०० रुपैयाँले बढेको छ। 

कोरोनाको कारणले अन्य लगानीको क्षेत्र नभएको र  बजार अस्थिर र अनिश्चित भइरहेको कारण सुनको भाउ बढ्दै गएको व्यवसायीहरु बताउछन्।  

त्यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार १५० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १४५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय