९ साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड हान्ने भारतीय नागरिक मुन्ना मोहम्मदले साहुको निर्देशनमा एसिड हानेको बयान दिएका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुको सक्रियताका कारण मुन्ना बिहीबार राति ११ बजे पक्राउ परेका छन् । घटनास्थल नजिकै रहेको क्लोज सर्किट ९सीसी० क्यामरा फुटेजका आधारमा प्रहरीले मुन्नालाई पक्राउ गरेको हो ।

कीर्तिपुर अस्पतालमा उपचाररत युवतीले प्रहरीसँग भनेकी छन्, ‘उनले यस्तो गर्लान् भन्ने मलाई एकरति पनि विश्वास थिएन ।’ प्रहरीले पनि प्रारम्भमा उनका प्रेमीलाई समेत शंकाको दायरामा राखेर अनुसन्धान गरे पनि फुटेजको आधारमा मुन्ना पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली भन्छन्, ‘हात डढेको देखेपछि उनले नै एसिड हानेको एकिन भयो ।’ अनुसन्धान अधिकृतहरुका अनुसार एक क्यासिनोमा काम गरेका बेला मोहम्मदसँग युवतीको चिनजान भएको थियो ।

पक्राउ परेपछि मुन्नाले प्रहरीसँग प्रारम्भिक बयान दिएका छन् । जसमा उनले साहुको निर्देशन बमोजिम एसिड हानेको भनेका छन् ।

उनीले अगाडि भनेका छन् –

मलाई धेरै कुरा थाहा थिएन । दारुको बोतलमा दियो । देखेपछि मलाई यस्तो रहेछ भन्ने थाहा भयो । साहुजीलाई दिएँ, त्यसपछि गाउँ जान भन्यो ।

साहुजीले यसरी फ्याकेर आइज भनेको थियो । मलाई लाग्यो, यो रक्सी हो । म पढे लेखेको थिइन, त्यसैले थाहा हुने कुरै भएन । जब हातमा परेर पोल्यो, त्यसपछि यो के चिज हो भन्ने भयो ।

उत्रेर आएपछि साहुजीले भनेपछि नजिकबाट फ्याकेको थिएँ । त्यसपछि साहुले मलाई मोटरसाइकलमा चढाएर कारखानासम्म लगे । मलाई त्यसवापत एक रुपैयाँ पनि दिएका छैनन् ।

अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाका अनुसार उनीहरुले ट्वाइलेट–बाथरुम सफा गर्ने एसिड युवतीलाई छ्यापेको खुलेको छ ।

बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी युवतीलाई मुन्नाले एसिड छ्यापेका थिए । ‘पिसाब फेर्न बसे जसरी अर्कोपट्टि फर्किएका मुन्नाले युवती आउनेवित्तिकै एसिड छ्यापेका थिए’, अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय