नेकपा रामपुरद्धारा पत्रकार सम्मेलन (विज्ञप्ती सहित पढ्नुहोस्)

रामपुर (पाल्पा), ८ साउन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुरले आज फेरी पे्रस विज्ञप्ती निकाली पत्रकार सम्मेलन गरेको छ । रामपुर नगरपालिकाको सातौं नगरसभा सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामपुर नगर कमिटीले गत साउन १ गते प्रकाशित गरेको प्रेस विज्ञप्तीको खण्डन गर्दै नेपाली कांग्रेस नगर कार्य कार्यसमितिले साउन ३ गते र रामपुर नगरपालिकाले ४ गते जारी गरेको प्रेस विज्ञप्तीमा असन्तुष्टि जनाउँदै पुनः आज विज्ञप्ती निकाली पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।


नेकपाले उठाएको विषयवस्तु नेपाली कांग्रेस रामपुर नगर समितिसंग नभै रामपुर नगरपालिकासंग लक्षित रहेको र नेपाली कांग्रेसले असक्षम नेतृत्वलाई ढाकछोप गरिएको र साउन ४ गते नगरपालिकाले निकालेको विज्ञप्तीको खण्डन प्रति आपत्ति जनाउँदै पत्रकार सम्मेलनमार्फत नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईले जानकारी गराउनुभएको छ ।


उहाँले प्रस्तुत गर्नुभएको विज्ञप्तीमा नेकपाबाट वडा अध्यक्षहरु र लेखा संयोजकप्रति धार फर्काएर नगरको ०७६÷०७७ को कुल आम्दानी र खर्च तथा बाँकी रकम र असुली गर्न बाँकी रकम बताउन वा देखाउन असक्षम तथा विकासतर्फको आधाजसो बजेटको काम गर्न नसक्ने पालिका नेतृत्वलाई विज्ञप्ती मार्फत नेपाली कांगे्रसले जुन संरक्षण गर्ने काम गरेको छ त्यो सरासर गलत रहेको, लेखा संयोजकले पटक पटक मौखिक रुपमा सम्पूर्ण आयव्याय व्यवस्थित गरी देखाइनु पर्दछ, त्यो तयार नभएसम्म नगर सभा नगरौं भनीरहंदा नगरको नेतृत्व र जिम्मेवार व्यक्तिहरुबाट अहिले सम्भव भएन भनी समय धकेल्दै असार ३१ गते नगर सभा गर्ने घोषणा भएको र नगरसभामा ०७६÷०७७ को आम्दानी खर्चको विवरण आउन नसकेको विज्ञप्तीमा उल्लेख छ ।


नदीजन्य पदार्थको कालिगण्डकी करिडोर ठेकदारलाई रामपुर नगरपालिकाको ८२ औं वैठकबाट प्रति ट्याक्टर ३८५.९५ पैसा(२ घनमिटरको) रोयल्टी लिने निर्णय गरी दिएको ठेक्काको ४० हजार घनमिटरको रकम आम्दानी पनि नदेखाइनु र लिखितमा यति बाँकी भनेर पनि उल्लेख नगर्नु र वर्षभरिको अन्य आम्दानीहरु पनि नदेखाईनु, नगरपालिकाको आयव्याप पारदर्शि नहुनु, सामाजिक सुरक्षा भत्ता ४.५%ले घटाएर दिने पालिकाले पालिका भरिको कुल संख्याको आधारमा माथि माग गर्ने काम पालिकाको भएपनि माग गर्दा त्रुटी गरेर थोरै मागेको भन्ने अनि आएको रकमबाट सबैलाई घटाएर वितरण गर्ने कमजोरी वडाको नभई पालिकाको भएको विज्ञप्तीमा जनाइएको छ ।

सामाजिक सुरक्षा भत्ता अपुग पूर्तिका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय पाल्पाले ०७७ असार ३० गते १४ लाख उपलब्ध गराउन सकिने भनि बोलाइएकोमा सो बुझेर ल्याउन पनि नगएको भनी जारी विज्ञप्तीमा उल्लेख गरिएको कुरा पत्रकार सम्मेलनमा नगर कमिटि अध्यक्ष भट्टराईले पढेर सुनाउनुभयो ।


निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम गत आ.व. ०७६÷०७७ मा नेपाली कांग्रेसले गल्तीले विज्ञप्तीमा ४ करोड भनेपनि सो नभै ६ करोड रहेको र त्यो रकमबाट आफ्ना कार्यकर्ता भरणपोषण गरिएको छ भन्ने गलत र भ्रामक रहेको सो रकमबाट नियम र विधिको आधारमा जनताका आवश्यकताका खानेपानी, सिंचाई, मोटरबाटो निर्माण मर्मत, विद्युत, विद्यालय, सामुदायिक भवन निर्माण जस्ता अति महत्वपूर्ण काममा जनताको माग अनुसार विनियोजन भई त्यो रकम सम्बन्धित पालिकामा पठार्ई त्यहिंबाट इष्टिमेट गरी टेण्डर वा उपभोक्ताद्धारा काम हुने व्यवस्था गरी मुल्यांकन र फस्र्यौट पनि सम्बन्धित पालिकाबाट गराइने व्यवस्था भएको जनाइएको छ ।

०७६÷०७७ को ६ करोड मध्ये १ करोड ८३ लाख ६० हजार रानपा भित्रका योजनामा मात्र विनियोजन भएकोमा लकडाउनका बाबजुद प्राय ः सबै काम सम्पन्न भएकोमा यि कुराको ख्याल नगरी आफ्ना कार्यकर्ता भरणपोषण गर्ने भन्ने आरोप लगाइएको प्रति खेल प्रकट गर्दै विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

खरको छाना विस्थापित गर्ने प्रदेश सरकारको पनि लक्ष्य हो । रानपाको माग अनुसार आ.व. ०७५÷०७६ मा प्रदेश सरकारबाट ५० लाख समपुरक रकम निर्धारित भएकोमा उक्त आर्थिक वर्ष भित्रै समयमा काम गरेको आधार, प्रमाण पेश गर्ने र माग गर्ने काम गर्न नसकि विलम्व गरी भुक्तानी मागेकाले प्रदेश सरकारबाट पुरा रकम पाउन नसकेको देखिन्छ ।

निश्चित समय भित्र काम नगर्ने र काम गरेपछि रकम माग नगर्ने र जहिले गरे पनि पाइन्छ भन्ने आडम्वरका कारण समय बिताइएकोले प्राप्त हुन नसकेको बुझिन्छ । प्राप्त रकमको समयमा काम गराउन नसक्ने, समयमा कागजपत्र नबुझाउने, समयभित्र माग नगर्ने र समय बितेपछि पाइएन भनी दोष दिने प्रवृति राम्रो होइन ।

विज्ञप्तीकमा जब्गादी – खालीवन – रातामाटा सडक स्तरोन्नतीलाई महत्व दिएर ०७६÷०७७ मा प्रदेश र रानपाबाट ५० लाखका दरले कुल १ करोड समपुरक वजेटका रुपमा विनियोजन गरिएको मा रामपुर नगरपालिकाले टेण्डर गर्न ढीला गरी ०७७जेठ २६ मा टेण्डर गरी असारमा टेण्डर रद्ध गरी यस्तो महत्वपूर्ण सडक निर्माणको १ करोड रकम फ्रिज गर्ने दुसाहस ग¥यो । यो अत्यन्तै आपत्तीजनक काम हो ।

अति महत्वपूर्ण सडकको टेण्डर ढीला गर्ने, अनेक कारण देखाई रद्ध गर्ने र विरोध भएपछि प्रदेशबाट रकम प्राप्तै भएन भन्ने गलत र भ्रामक कुरा गरिएको छ । नपाको विज्ञप्तीमा सम्झौता रद्ध गरिएको भन्ने उल्लेख देखियो । टेण्डर खोल्ने काम नै रद्ध गरिएको हो सम्झौता रद्ध होइन । टेण्डर स्वीकृति भइसकेपछि मात्र सम्झौता हुने गर्दछ । टेण्डर स्वीकृति नै नभएकोले सम्झौता रद्ध गरिएको भन्ने कुरा गलत देखिन्छ ।

यो योजनाको काम नहुने गराएकोमा हाम्रो घोर आपत्ती छ । जेठ २६ मा टेण्डर गर्ने र असारमाटेण्डर रद्ध गरेको योजनालाई त रकम किन आउनु पर्यो ?काम सक्नु पर्ने महिनामा टेण्डर स्वीकृति पनि भएको छैन तर प्रदेशले दिने समपुरकको २ करोड मध्ये नगरमा पहिलो , दोस्रो रतेस्रो किस्ता ०७६ फागुन भित्रै १ करोड ४८ लाख ८७ हजारसम्बन्धित मन्त्रालयले पठाइसकेको देखिन्छ । तेस्रो किस्तासम्मको रकमबाट काम भएर प्रगति विवरण पेश गरी माग गर्दा चौथो किस्ता पनि पाइने व्यवस्था हो ।

कामै नथालेपछि त्यस्तो योजनामा चौथो किस्ता माग गर्ने र पाउने कुरै भएन । बेलैमा काम थाल्न, गर्न नसक्ने र प्रदेशले रकम उपलब्ध गराएन भनी आरोप लगाउने नराम्रो नियत हो । समपुरक योजना तर्फको लामटाङ गैलुक डाव्रा खा.पा. योजनाको ८० लाखको काम ठेक्कापट्टा ढीला गराईत्यसको काम थालनी मात्रै भयो ।बेसक्याम्प – तिलकपुर – डल्लेचौपारी मो.वा. स्तरोन्नतीको समपुरक कुल रकम १ करोड २० लाखको पनि टेण्डर ढिलो गरी काम गर्न नसकि यस योजनाको सबै वजेट फ्रिज गरी प्रदेशबाट किस्तामा पठाइएको समपुरकमध्येको ७५९५२२६।– फिर्ता पठाउन बाध्य हुनु नगरपालिका विकास निर्माण कार्यमा कति कमजोर छ भन्ने प्रमाण हुन् । अर्को तर्फ प्रदेश सरकारको ठूलो रकम परेका योजनाको काम नहुन् भन्ने नियत पनि होकि भन्ने आशंका गर्ने ठाउँ छ भनीएको छ ।


किनभने रामपुर नपाले आ.व. ०७६÷०७७ को समपुरक वजेटको मात्र काम गर्न नसकेको होइन आ.व. ०७५÷७६ को प्रदेशबाट दिईने समपुरक २ करोड रकममध्ये डेढ करोडको लागि कुनै योजना माग गर्न सकेन । खेल मैदानलाई प्रदेशबाट प्राप्त अनुदान रकम ७५ लाखले खेलमैदान निर्माण गर्ने कुरामा ध्यान दिएन । करिव ६ लाख डि.पि.आर. मा खर्च गरी बाँकी ६९ लाखको काम नभई फिर्ता हुने अवस्थामा पु¥याएको पनि साँचो हो ।

अर्कोतिर यस आ.व. ०७७÷०७८ को समपुरक योजना छनौटका बारेमा विपक्षसंग सहमति नै नलिई एकलौटि ढंगले योजना छनौट गरी पठाएकोमा हाम्रो असहमति छ ।

केन्द्र र प्रदेशहरुमध्ये ६ वटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार भएको अवस्था र रामपुर नगरपालिकामा झिनो मतले कार्यपालिका र नगर सभामा अल्पमतमा परेको भएपनि देशको ठूलो र जिम्मेवार पार्टीको नाताले विकास निर्माण र रामपुरका जनताको समृद्धि र सेवाका निम्ति रामपुर नगरपालिकालाई सहि दिशामा अगाडि बढाउन रचनात्मक सहयोग पु¥याउने मनसायले नगर समन्वय समितिमा रहेर साथ दिएकोमा उच्च प्रभाव र महत्वपूर्ण हैसियत रहेको नेकपालाई उचित महत्व नदिई निकै कमजोर ठानी एकलौटी ढंगले अगाडि बढि गलत काममा फस्न सक्ने स्थितिमा समितिमा रहनु भन्दा फिर्ता हुनु उचित ठानेर केहि समय पहिले हाम्रा प्रतिनिधि फिर्ता भएको जानकारी आम जन समुदायमा गराईसकेको कुरा दोहो¥याउन चाहान्छौं ।

पालिका नेतृत्वमा रहेको अपारदर्शिता, असक्षमता, ढिलासुस्ती, अनियमितता र त्यसलाई गरिने ढाकछोप र संरक्षणले रामपुर नगरपालिका उन्नती र प्रगतितर्फ अगाडि नबढ्ने हाम्रो ठहर छ ।

०७७÷०४÷४ को नपाको विज्ञप्तीमा नगरपालिकाको आय र व्यय तथा कार्यक्रमहरुको विवरण लिन दिन जति बेला पनि सकिने भनि नगरबासिलाई भ्रममा पार्ने नगर नेतृत्वले नगर सभा जस्तो गरिमामय सभामा किन राजस्व, अनुदान, प्राकृतिक स्रोत र कोभिड १९ को महामारीलाई नियन्त्रण गर्न नपामा दिइएका सहयोग आदिको आम्दानी र खर्च पेश गर्न नसकेको ?भनी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

रामपुर नगरपालिकाको विज्ञप्तीमा आन्तरिक आम्दानी पनि कम हुन आएको भन्ने परिपे्रक्षमा रामपुर नपा कार्यालयमा आन्तरिक स्रोतबाट तलब भत्ता खाने गरी विना प्रतिस्पर्धा बिना विज्ञापन करारमा किन कर्मचारी भर्ने काम गरि आर्थिक भार बोकाइएको हो ?विना विज्ञापन र प्रतिस्पर्धाबाट राखिएका व्यक्ति हटाई अत्यावश्यक कर्मचारी राख्दा विज्ञापन र प्रतिस्पर्धाबाट करारमा राख्नुपर्ने हाम्रो दलको माग छ ।

०७७ आषाढ १२,२६ र२९ गते ३ पटक कार्यपालिकाको औपचारिक वैठक गरेको र सहमतिमा ३१गते नगरसभा गर्ने भनिएतापनि नेकपाको तर्फ बाट निर्वाचित वडाध्यक्षहरुलाई २९ गतेको वैठकबारे जानकारीे गराइएन ।


वडा नं. ३ बाट कालीगण्डकी करिडोरलाई दिइएको नदीजन्य पदार्थको आउनु पर्ने रकम ७१ हजार मध्ये नगरमा आउदै नआएको वा नगरसभा सुरु हँुदासम्म नआएको भन्ने कुरा साँचो होइन । ठेकदार मार्फत नपाको राजस्व खातामा उक्त दिन जम्मा गरिएको भौचर समेत रानपामा पठाई लेखा अधिकृतलाई समेत जानकारी गराईसकेकोमा३ नं. वडा अध्यक्षबाट रकम पठाइएन भन्ने दुरासयपूर्ण आरोप हो ।

वडा नं. ३ को घाट बाहेक अन्य घाटको ठेकदारलाई दिएको नदीजन्य पदार्थको आउनुपर्ने रकम आएको देखिदैन, तर नपालाई त्यसमा भने चासो छैन ।

प्रदेश सरकारले कालीगण्डकी तटीय क्षेत्रलाई महत्व दिई रामपुर नगरपालिकालाई पर्यटनमैत्री शहर बनाउन गुरुयोजना बनाउने घोषणा गरेको छ तर नेका नेतृत्वको स्थानीय सरकार सहकार्य गर्न हिच्किचाई रहेको देखिएको छ ।

प्रदेश र केन्द्रबाट पाईने र आउने वजेट पनि निर्धारित समयमा नमाग्ने, प्राप्त भएकोलाई फ्रिज गर्ने, रामपुर नपाका सबै वडाको सन्तुलित र न्यायपूर्ण विकासमा ध्यान नदिई २÷३ वटा वडालाई मात्र सबैखाले विकासको केन्द्र बनाउने ढंगले वजेट विनियोजनमा लागेको नपा नेतृत्व रामपुर नपा क्षेत्रको समग्र विकास र पर्यटनमैत्री शहर बनाउने प्रदेशको लक्ष्य पुरा गर्न सक्रिय हुने संभावना देखिन्न ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रामपुर नगरको चौतर्फी विकास समृद्धि र सरकारी वजेटको पारदर्शिता र सदुपयोग भएको हेर्न चाहान्छ । पहुँच वालाको नजिकमा मात्र नभई सबै गाउँ टोलमा सन्तुलित विकास हुनुपर्छ र विकास वजेटबाट समयमा काम हुनुपर्छ भन्ने ठान्दछ । नगरलाई आउनुपर्ने आम्दानी पारदर्शि रुपमा दाखिला हुनुपर्छ भन्नेमा नेकपा दृढ छ ।

कोही कसैबाट नगरको आम्दानीको स्रोतको दुरुपयोग, हिनामिना हुन नदिने र विकास निर्माणका काममा खबरदारी गर्ने र सामाजिक सुरक्षाका सम्बन्धमा ध्यान पु¥याउने पनि हाम्रो काम हो । त्यसैले राम्रा काममा अगाडि बढ्दा नगरवासीको सहयोग हामीलाई प्राप्त भइरहनेछ भन्ने हार्दिक अपेक्षा गर्दछौं भनी विज्ञप्ती जारि गरेको छ ।


नेकपा जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीलाई नेकपा जिल्ला कमिटि सदस्य मित्रलाल कंडेलले स्वागत गर्नुभएको थियो । कार्यक्रमको संचालन नेकपा नगर विभाग कमिटि प्रचार विभाग संयोजक मित्रलाल गौतमले गर्नुभएको हो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय