काठमाडौ८ साउन ।
नेपाल(भारत सीमा बन्द रहे पनि दुवै देशका स्थानीय प्रशासनसँग समन्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको नेपाली कामदार र हिमाचलस्थित भारतीय स्याउ कृषकहरूले बताएका छन्।

उनीहरूका अनुसार कामदारको अभाव भएपछि कतिपय भारतीय कृषक र स्याउ व्यवसायीहरूले नेपाल(भारत नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन्।

तर केही दिनदेखि दुवै देशका सीमामा खटिएका सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई अवरोध गरेको हिमाचल जान सीमासम्म पुगेका केही नेपालीहरूले बताएका छन्।

स्याउ पाक्ने मौसम सुरु हुनै लागेकाले अहिले हिमाचलमा मजदुरको व्यापक कमी भएको बताइन्छ।
वस्टाले हिमाचलमा नेपाली मजदुरको खोजी हुनुको कारणबारे भने, ूनेपालीहरूसँग हामीलाई काम गर्न निकै सजिलो छ। उनीहरू पहाडी बाटोमा पनि राम्ररी हिँड्न र गह्रुँगो भारी बोक्न सक्छन्। उत्तर प्रदेश वा बिहारबाट आएका मजदुरले त्यस्तो गर्न सक्दैनन्।ू

तर केहीलाई आउन दिएर अहिले केही दिनदेखि नेपाल र भारतका अधिकारीहरू सीमामै कामदारहरूलाई रोकिदिँदा आफूलाई घाटा लागेको उनले बताए।

ूहामीले सीमासम्म गाडी पनि पठाएका थियौँ। अहिले बोर्डरमा रोकिदिएको छ भनेर दुवैतिरका सुरक्षाकर्मीले आउन दिएका छैनन् भन्ने कुरा आएको छ,ू उनले भने, ूपहिले चाहिँ आउन दिएर यसरी रोक्दा हामीलाई घाटा लाग्यो। बेकारमा यातायात खर्च मात्र दिनुपर्‍यो।ू

हिमाचलमै स्याउ बगैँचामा कार्यरत दैलेखका नवीन केसीका अनुसार त्यहाँका स्याउ कृषकहरूले अन्यका भन्दा नेपाली कामदार नै खोज्ने गर्छन्।

नेपालीहरू कै धेरै माग हुने भएकाले अहिले लकडाउनका बेला पनि उतैबाट काम गर्ने मान्छे ल्याउन लागेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय