परिचय
पुर्बखोला गाउपालिका पाल्पा जिल्लाको मध्य पूर्वमा अबस्थित गाउँपालिका हो, पुर्बखोला
गाउपालिकाको नामाकरण मुख्यतया प्रकृतिक जलश्रोतको आधारमा नामाकरण गरिएको हो ।यस गाउपालिकाको जम्मा क्षेत्रफल १३८।५ वर्ग किलोमिटरमा फैलिएको छ ,२०६८ सालको जनगणानाअनुसार जम्मा जनसख्या झन्डै बिस हजार रहेको छ । यस गाउपालिका साबिक जल्पा,देबिनगर,रिन्गनेरह ,बिरकोट र सिलुवा,हेक्लांग गरि यस गाउपालिका बनेको छ । पूर्वमा निस्दी गाउपालिकाउत्तरमा रामपुर नगरपालिका पश्चिममा रम्भा गाउपालिका र दक्षिणमा माथागढीगाउपालिका रहेको छ मुख्यतया मगर समुदायसंगै अन्य जातिहरु ब्राहम्ण,क्षेत्री,लगायत अन्य दलित जातिहरुको समेत बसोबास रहेको र भोगोलिक बिबिधताको हिसाबले यहाँको हावापानी बिबिधता छ। विशेष गरेर जनजातिहरुको बाहुल्यता रहेको हुनाले यहाको बिबिध सास्कृतिक,चालचलन परम्परा तथा ब्यबस्थाहरुमा पनि छुट्टै खालको बिबिधता पाउन सकिन्छ ।


कृषि उत्पादन तथा उपभोगमा
पुर्बखोला गाउपलिकाका विभिन्न स्थानहरुमा कृषि उपज संकलन केन्द्र स्थापना गरि यस
माध्यमबाट कृषियोग्य भुमीमा समेत कृषिलाई आधुनीकिकरण गर्दै सामुहिक खेती, तथा बिभिन्न
क्षेत्रहरुलाई अध्यन तथा अनुसन्धान गरि पकेट क्षत्र घोषणा गरि उत्पादन तथा उत्पादकत्व
बृद्धी गर्न र उत्पादित उपजको उपभोगका लागि नजिकका गाँउहरु लगाएत मुख्य बजार तानसेन तथा बुटवल पोखरा बजारहरुमा निकासी तथा निर्यात गर्न बाताबरण तयार गर्नु पर्दछ । उक्त क्षेत्र पुर्बखोलाको तटिय क्षेत्र भएकोले प्राय मौसममा एकनास हुने र उत्तरतर्फमा कालिगण्डकी नदि कारण सिम्सार तथा ओसिलो क्षेत्र समेत भएकोले मौसमी, बेमौसमी तरकारीका साथै पाल्पाको स्थानीय जातको मौलिक माल्भोग केरा, कागती, अमिलो निबुवा० लिची, आँप, कटहर,भुईकटहर, माहुरी पालन एवं पशुपालनका माध्यमबाट मह, दुध, मासु तथा अण्डाको उत्पादन,संकलन गरि विभिन्न बजारहरुमा निर्यात गर्न सकिन्छ। र यस बाट स्तरमै युवाहरुलाई परिचालन गरि रोजगारीको बाताबरण सिर्जना गर्न सकिन्छ । 
 
होमस्टे, पर्यटन प्रवद्र्धन
पाल्पाका धेरै प्राकृतीक, धार्मीक, ऐतिहासीक, साँस्कृतिक हिसावले महत्वपूर्ण स्थानहरु हात्तीलेख,सिद्धलेक माझिलेक, सकिने लेक , जल्पा देबी तिन, कन्या देबी बर्मु ,शिभ मन्दिर, भानुमातामन्दिर ,बहरा थान , अकला देबी मन्दिर जस्ता महत्वपूर्ण धार्मिक स्थानहरु यस क्षेत्रमा पर्ने

भएकोले ति प्राकृतीक, ऐतिहासीक र धार्मीक क्षेत्रको प्रवद्र्र्धन हुन जान्छ ।यस गाउपलिका विशेष
गरेर मगर समुदायको बसोबास बढी भएको हुनाले जनजातीहरुको तथा बिशेष पहिचान सहितका
आवासीय होमस्टे तथा रिसोर्टहरु सञ्चालन गरी, स्थानीय रोजगारी सिर्जना गर्दै स्थानीय स्तरमा
आर्थिक उपार्जन गर्ने राम्रो बाताबरण निर्माण गर्न सकिन्छ
 
सडक सञ्जाल
पुर्बखोला गाउपालिका देखि बिभिन्न गाँउहरुलाई लगाएत सदरमुकाम तानसेनसंग जोड्ने स्थानीय
सडक सञ्जालहरु जोडिएका छन् । जस अन्र्तगत तानसेन–पुर्बखोला , तानसेन–जल्पा सडक
खण्ड, तानसेन–देबिनगर खण्ड, तानसेन–बिरकोट –सडक खण्ड, तानसेन–सिलुवा खण्ड, तानसेन–, हेक्लंग खण्ड, तानसेन– पुर्बखोला –ज्यामिरे––वीरकोट–गेझा बर्दले खण्ड,
दुम्किबास–रहबास–जल्पा–रिङ्नेरह–हेक्लाङ्ग–नौगाउ फाँट सडक खण्ड, आर्यभञ्ज्याङ–रामपुर खण्ड,आरुङ्खोला–मित्याल–रामपुर खण्ड, झ्यालबास–झिरुवास–पन्थे–केलादी खण्ड,
आरुङ्खोला–मित्याल–रामपुर खण्ड, झ्यालबास–सहलकोट–बाकामलाङ्–डमरा फाँट खण्ड लगायतका स्थानीय तथा राष्ट्रिय सडक सञ्जालहरुका माध्यमबाट स्थानीय भेगका हजारौं पाल्पालीहरु यस सडक संजालमा जोडिनेछन् र यसबाट प्रत्यक्ष लाभान्वित समेत हुनेछन् । 


राजनैतिक नेतृत्व सहभागीता
विशेषगरि मगर समुदायमा पछिल्लो समयमा शिक्षामा उल्ल्खेनिय सहभगीता भएता पनि राष्ट्रिय राजनीतिकोबिषयमा खासै चासो दिएको देखिदैन ,राजनैतिक ज्ञान र राजनीतिक नेतृत्वमा मगर समुदाय बिगतकोइतिहास बाटै पछी पर्दै आएको कुरामा कुनै दुइमत छैन ,आज मगर समुदाय मात्र होइन आदिबासी जनजाती ,दलित महिला अपाङ्ग मधेसी लगायत धेरै समुदायको मानिसहरु राज्यको पहुँच र संयत्रलाइ राम्रो संग बुझ्नतथा आफ्नो अधिकार यो राज्यमा प्रप्त गर्न सकेको छैन ,अझै पछिल्लो समयमा त् झन् युवाहरुमा समेत राजनैतिक वितृष्णा दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ,नेपालको इतिहासमा ब्यबस्था परिबर्तको लागीआदिबासी जनजातीहरुको भूमिका धेरै रह्यो तर ति ब्यबस्था परिबर्तन संगै ति समुदायले आफूहरु कहिलेपनि परिबर्तन गर्ने भने सकेनन ,आज व्यक्तिगत विकास मात्र होइन सम्पूर्ण समुदाय र राज्यको बिकास हुन आबश्यक छ ,बैदेशिक रोजगार र सैन्य फौजमा आफ्नो भबिस्य देख्न सक्ने लाखौ युवाहरुले आफ्नै देशमा समेत उज्वल
भबिस्य देख्नेकी ? लेखक : त्रिविमा समाजशास्त्रीय विषयमा अध्ययनरत एवं व्यवसायी हुनुन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय