दानस मल्ल,५ साउन२०७७

रामपुर पाल्पा

मनसुन सक्रिय हुने भनिएकै रात परेको पानी को कारण ले रामपुर नगरपालिका वार्ड न १ स्याउली बजार पाल्पा का दुई घर पहिरोले पुरेको छ।

गएको राती करि साढे बाह्र बजे आएको पहिरो ले पुर्दा लक्ष्मी मल्ल र गम बहादुर मल्ल को घर पहिरोले पुरिदा क्षति पुगेको छ।

एक्कासि माथी बाट आएको पहिरो घर तर्फ आउदा लक्ष्मी मल्ल को घरको भाडा कुडा,लत्ताकपडा लगायत समेत बगाएको पिडित लक्ष्मी मल्लले बताउनु भएको छ। माथी बाट पहिरो आए लगतै महिला,केटाकेटी र बुढाबुढी हरुलाइ सुरक्षित स्थानमा सारिएको कारण मानवीय क्षति हुन नपाएको गम बहादुर मल्लले बताउनु भयो।

स्याउलिबजार – मित्याल मोटर बाटो निर्माणका क्रममा डोजरले अन्धाधुन्ध माटो खनेर छोडेर गए पछि यो अबस्था आएको स्थानिय सुर्य बहादुर श्रेष्ठले बताउनु भयो।

वर्षा याम लागे पछि शुरु गरेको सडक निर्माणका कामले यो बस्ती नै जोखिम मा पर्ने कुरा सम्बन्धित निकायलाई जानकारी गराएको भएतापनी कुनै वास्ता नगरेको स्थानीय को गुनासो रहेको छ।

पानी पर्न थाले पछि रात भर जागै बस्नु पर्ने बाध्यता भएको उक्त बस्ती का बालकुमारी मल्ल,सुर्यमाला मल्ल र सुर्य बहादुर श्रेष्ठ को घर समेत उच्च जोखिममा रहेको छ। बेलैमा बस्ती जोगाउने उपाय सम्बन्धित निकायले नगरे कुनै पनि भौतिक तथा मानवीय क्षति हुन सक्ने स्थितिमा रहेको स्थानिय जगत मल्ल ले जानकारी गराउनु भएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय