रामपुर नगरपालिकाले आज पत्रकार सम्मेलन गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी रामपुरले निकालेको प्रेस विज्ञप्तीप्रति खण्डन गर्दै नगरपालिकाले आफ्ना धारणा सहित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । नगरपालिका कार्यालयमा नगर प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम गरी पत्रकारलाई जानकारी गराइएको छ ।

नगर प्रवक्ता न्यौपानेले नेकपा रामपुरले नगरपालिका कार्यालयप्रति निकालेको प्रेस विज्ञप्तीका सम्बन्धमा नगर प्रमुख रमणबहादुर थापाले जारी गरेको प्रेस विज्ञप्ती पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।

गत असार १० गते नीति तथा कार्यक्रम प्रस्तुत गरिएको र त्यसपछि पटक पटक अनौपचारिक छलफल भइरहेको, सबैको सहमतीमा असार ३१ गते नगर सभा गरिएको जानकारी गराइएको छ । सामाजिक सुरक्षा भक्ता ४.५ प्रतिशत कटौती गरी वितरण गरिएको भन्ने सन्दर्भमा तेस्रो चौमासिक वजेट माग गर्दाको बखत एमआईएस प्रबिधिबाट तथ्यांक भर्नुपर्नेमा अपडेट अद्यावधिक नभएकोले रकम अपुग हुन गएको हो । अव यसकाे भरपाइ गरि वितरण गरीने बताउनु भएकाे छ ।

पत्रकार सम्मेलनमा नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेय, प्राबिधिक प्रमुख रन्जन न्यौपाने र प्राबिधिक कृष्ण थापा लगायतको उपस्थीति रहेको थियो ।कार्यक्रम संचालन रामपुर नगरपालिका वडा नं ६ का वडा सचिव बासुदेव ढकालले गर्नुुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय