बन्दना पोखरेल रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नं १० मा रहेको बर्दलेफाँट सिंचाई आयोजना जल उपभोक्ता समितिको कुलो पुनः निर्माण पछि शनिबारबाट पानी सुचारू गरिएको छ । कुलोको मुहान झम्मखोलाको केउरादी गैरामा वैदिक परम्परा अनुसार पुजा गरेर पानी संचालन गरिएको हो ।

प्रदेश नम्बर पाँचका प्रदेश सभा सदस्य युवराज खनालले पुजा गरेर कुलोमा पानीको शुभारम्भ गर्नुभएको छ । कृषिबाट आम्दानी लिनका लागि सिंचाई हुनुपर्ने बताउँदै प्रदेश सभा सदस्य खनालले सिंचाई सुबिधा पुगेपछि अब कृषकहरू उत्पादन बढाउनतर्फ लाग्नुपर्ने बताउनु भएको छ । छोटो समयमा कुलो पुनः निर्माण गरिएकोमा समितिलाई धन्यवाद दिदै कृषिमा आधुनिकीकरण गरेर रामपुर नगरलाई नमुना कृषि क्षेत्रका रूपमा बनाइने उहाँले बताउनु भएको छ ।

यस आयोजनाको छ किलोमिटर नहरमा अहिले साढे चार किलोमिटर नहर पुनःनिर्माणको काम सम्पन्न भइसकेको छ र बाँकी डेढ किलोमिटर पुनः निर्माणका लागि प्रदेश तथा स्थानीय सरकार संग सहयोग माग गर्ने समितिले जनाएको छ । आयोजनाबाट चार सय ३२ घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।

कुलो निर्माण कार्यमा स्थानीय उपभोक्ताले १५ लाख ४४ हजार सात सय २४ रकम बराबरको श्रमदान गरेका छन् । पाँच वटा शाखा रहेको यस आयोजना अन्र्तगत एक सय पाँच हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुबिधा पुग्नेछ । खेतबारीमा सिंचाईका लागि पक्की नहर कुलो नहुँदा सिंचाई गर्न समस्या थियो । पक्की कुलो बनेपछि उपभोक्तालाई खेतबारीमा सिंचाई गर्न सजिलो हुनेछ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का नगर अध्यक्ष कमलराज भट्टराईले कच्ची कुलो हुँदा खेतबारी सम्म पानी पुर्याउन समस्या झेल्दै आएका उपभोक्तालाई अब पक्की कुलो बनेपछि सिंचाई गर्न सजिलो पर्ने बताउनुभएको छ । कार्यक्रम संचालन उपभोक्ता टिकाराम पौडेलले गर्नुभएको हो ।

२०७६ साल जेठ१२ गते सम्झौता भई काम अगाडि बढाईएको थियो । प्रदेश ५ प्रदेश सरकारको ४ करोड ९३ लाखमा ठेक्का आवहान भए पछि केविसि विल्र्डस ईको ईन्जिनियरिङ्ग कम्पनी चितवनले ठेक्का पाएको हो । विल्र्डस कम्पनीले ३ करोड ९० लाखमा ठेक्का लिएको थियो ।


ठेक्का लिए सगँै काम सुरु गरको कम्पनीले सम्झौता भन्दा पहिला नै काम सम्पन्न गरेको छ । समयमा काम सम्पन्न गर्न स्थानियले सहयोग गरेको इन्जिनियर पुरम यादव बताउनु हुन्छ । सिन्चाइ डिभिजन पाल्पाका प्रमुख गोपाल थापाका अनुसार यसको यसको मोटाइ १० सिन्टिमीटर छ भने गुणस्तरिय निर्माण नहर निर्माणा भएको छ ।


उचाइ ८० र चैडाइ ६० सिमि रहेको छ । हस्तान्तरण गर्न बाकिँ रहे पनि काम सम्पन्न संझैता अनुसार सम्पन्न भएको छ । स्टमेट नाप नक्सा अनुसार गुणस्तरिय काम भएको बताउनु हुन्छ सिचाई डिभिजन पाल्पाका प्रमुख थापा बताउनु हुन्छ ।

बर्दले फाटँ जल उपभोक्ता समितीका अध्यक्ष बैकुण्ठ खनालका अनुसार ६ किलो मिटर नहरमा अहिले साढे चार किलो मिटर सम्पन्न भएको छ । पानि जाने ५ वटा शाखामा ५ वटा ढोका निर्माण गरिएको छ । यो नहरले १सय ५ हेक्टर जमिन सिचाई हुने छ । उपभोक्ता रुद्र सेढाई भन्नु हुन्छ , २०५१ सालमा स्थानिय मिलेर झम्मा खोला बाट बाँध बाधि कुलो खनेर ल्याईएको हो । अहिले पक्कि नहर बने सगैँ पानि सहज रुपमा आउने भएको स्थानीय टंक खनाल बताउनुहुन्छ ।


विचमा पानि ढाडिएर खेतमा आईपुग्दा अति सानो हुने हिउदमा पानि लगाउन साह्रै गाह्रो हुने ठाउँठाउँमा पानि चुहिने समस्या रहेको मा अहिले निर्माण भएको जतिमा समस्या नरहने र यसको फाउन्डेसन मिलेको छ ।

जसले गर्दा मुहानको पानि खेत सम्म नै पुग्ने भन्दै खुशि व्यक्त गर्नु भएको छ । त्यस्तै अर्का कृषक भक्त बहादुर सिंजालि भन्नु भन्छ बाकिँ रहेको ठाउँमा पनि काम गर्न पाए अन्यन्त राम्रो हुने भन्दै प्रदेश सरकार सगँ माग गर्ने बताउनु भएको छ ।


सम्पन्न हुनु पर्ने मिति भन्दा करिव ५ महिना पहिला सम्पन्न भएको नहरका उपभोक्ता मिना कोइराला भन्नुहुन्छ , अव हिउदे बालि पनि सजिलो सगँ लगाउन सकिन्छ । यसबाट उत्पादन पनि बढ्छ हामि महिला जसले कृषि गरेर जिविकोपार्जन गरिरहेका छौँ खेतमा पानि लगाउन सहज भए सगँै आर्थिक रुपमा र सामाजिक रुपमा समेत समय मिलाउन सकीने बताउनु हुन्छ ।


यस बर्दले फाटँमा खालि र सुख्खा रहेका एव कुलो भए पनी आकासे पानिको भर पर्नु पर्ने वाध्यता टर्ने भएको छ । धान गहूँ मकै तरकारि फलफूल लगाएतका बालि उत्पादन हुने यस समधर भुभागमा नहरको महत्व अत्यन्त बढि रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय