रामपुर ९पाल्पा०, २ साउन
रामपुर नगरपालिका वडा नं १० मा संचालित बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रमको अनुगमन भएको छ । प्रदेश नरुं ५ का प्रदेश सभा सदस्य युवराज खनाल, कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल, रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, कृषि प्राबिधिक रामहरि पाण्डे, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।
।अनुगमन गर्नु हुदै सांसद खनालले कृषिलाई नमुना ढंगले अगाडि बढाउन प्रदेश सरकारले यो कार्यक्रम ल्याएको बताउनु भयो ।

उहाँले यस कार्यक्रमलाई नमुनाका रुपमा संचालन गरेर अवको दुई वर्षमा उत्कृष्ठ कार्य गरेर देखाउन कृषकलाई अनुरोध गर्दै राम्रो र्गन आग्रह गर्नु भएको छ ।


कृृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले सम्पन्न कार्यक्रमको प्रसंसा गर्दै अझै राम्रो गर्न अनुरोध गर्नु भएको छ भने अहिले भैरहेकाे कामलाई तत्काल पुरा गर्न समेत आग्रह गर्नू भएको छ । आल टाल गरेर सरकारको पैसा विना अर्थ खर्च गर्न नहुने र लगानि अनुसार प्रतिफल प्राप्त गर्न मेहनेत गरेर लाग्न आग्रह गर्नू भएको छ । प्रदेश सरकारको सहयोगमा जिल्लाका चार स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन भइरहेको छ । अव प्रत्येक पालिकामा हुने जानकारि गराउनु भएको छ । स्माट कृषीकाे कामकाे प्रसंशा गर्दै स्थानीय कृषककाे जिवनयापनमा परिवर्तन अाउने र अाएकाे हेर्न चाहेकाे बताउनु भएकाे छ ।


प्रदेश सरकारको यो कार्यक्रम जसले प्रत्यक्ष जनतालाई सहयोग पु¥याउछ । चार सय ९४ रोपनी क्ष्ोत्रफलमा तरकारि र मकै बालिमा कार्यक्रम संचालन र्गने र तिन बालि लगाउने कार्यक्रम रहेको बराहादेवि स्मार्ट कृषी गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारि बताउनु भएको छ । यस कार्यक्रममा यहाँका ८३ घरधुरि कृषकको सहभागिता रहेको छ । स्थानिय भने गाउँमा यस्ता कार्यक्रमले अाफूलाइ समेटेकाे दंग र खुशि रहेका छन् ।

एक कृषकले बाषिर्क दुई लाख आम्दानि गर्ने लक्ष्यका साथ यो कार्यक्रम संचालनमा ल्याएको र कार्यान्वयन गर्नै कामका लागि परेका अध्यक्ष भण्डारिको भनाई रहेको छ ।

२०६५ सालमा कार्यक्रम स्बीकृत पाएपछि कार्यक्रम अगाडि बढाईएको हो । असार मसान्त सम्ममा काम सम्पन्न गरि सक्नुु पर्नेमा विभिन्न प्राविधिक कारणले सम्पन्न गर्न केहि काम बाकि रहेको समेत बताउनु भएको छ र सम्पन्न गर्न बाकिँ रहेको काम छिट्टै सम्पन्न गर्ने समेत प्रतिवद्धता जनाउनु भएको छ । प्रदेश सरकारको ३७ लाख ५० हजार रुपयाँ र केहि जनसहभागिता गरि काम गरिएको बताउनु भएको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि नगरपालिकाले सहयोग नगरेको र अबका दिनमा सहयोग गर्न स्थानीय उपभोक्ताले अनुरोध गरे सगँै यस आर्थिक वर्षका लागि रामपुर नगरपालिकाले दश लाख वजेट सहयोग विनियोजन गरेको र आवश्यक सहयोग सधै गरिने नगर कृषी संयोजक एव आर्थिक विकास समितिका संयोजक हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

कार्यालय व्यवस्थापन सहित सुरु भएको बजेटले यस वर्ष कृषी उपज संकलन केन्द्रमा बाकिँ रहेको पलाष्टर गर्ने काम सकेको छ अनुगमनका क्रममा अफीस अझै व्यवस्थीत नभएको र शौचालयमा छानो राख्न बाकिँ रहको पाईएको छ , विभिन्न खण्डमा कुलो र्ममत गरिएको छ ।

खण्ड क मा १७८ रोपनि खण्ड खमा १०७ रोपनि खण्ड ग मा ६९ रोपनि र खण्ड घ मा ११५ रोपनि क्षेत्रफलमा अहिले सवैमा धान रोप्ने तयारि भएको पाईयो ।

रामधान सावित्री, हाईब्रेड जस्ता धान रोेप्ने तयारि छ भने विज बृद्धिका लागी राधा १४ रोप्ने तयारि भएको छ । त्यस्तै गरि यस वर्षको बजेट बाट स्माट कृषी गाउँमा नमुना केरेशाबारि निर्माण गर्न प्रत्येक घरमा एक एक टनेल, प्रविधी स्मार्ट अन्तरगत थोपा सिचाइका लागी आबश्यक सामाग्री वितरण गरिएको छ । कुलो निर्माण बाट कुलो बाट पानि चुहिने समस्या समाधान भई बालि पट्याउन सहज हुने भएको कृषकहरुले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय