बन्दना पोखरेल

रामपुर पाल्पा (साउन १०)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज पत्रकार सम्मेलन गरी आफ्नो फरक मत व्यक्त गरेको छ ।

नेकपा रामपुर नगर कमिटीको आयोजनामा भएको विरोध कार्यक्रममा रामपुर नगरपालिकाको सातौ नगर सभामा भएका कमिकमजोरीहरुलाई औल्याएको छ ।

रामपुर नगरपालिकाको सातौ नगर सभा प्रतिपक्षको विरोधका बावजुद पनि बहुमत भन्दै पास गरेको छ ।

नेकपा संसदीय दलको नेता वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहाको स्वागतबाट भएको पत्रकार भेटघाट कार्यक्रममा नेकपा नगर कमिटी अध्यक्ष कमलराज भट्टराईले सात बुदाँमा नगरपालिकासंग विरोध जनाएको बताउनु भएको छ ।

अध्यक्ष भट्टराईका अनुसार खाय खा नखाय घिच उखान जस्तै गरी १० गते नीति तथा कार्यक्रम आएपछि एकैपटक असार ३१ गते वजेट विनियोजित ल्याइयो र पास गरेको छ । गत आर्थिक वर्ष २०७६÷०७७ को आय व्यय आर्थिक हिसाब किताब पारदर्शिता र सार्वजनिक नगरी अगाडि बढेको बताउनु भएको छ ।

नगरपालिकाले सार्वजनिक सुनुवाई नगरी अगाडि बढिरहेको अवस्थामा वडा गौरवको आयोजना भन्दै अघिल्लो वर्ष अगाडि आएका कार्यक्रम यस वर्ष कटौती भएको  छ । उहाँले केन्द्रबाट आएको सामाजिक सुरक्षा भत्ता रामपुर नगरपालिकाले ४.५ प्रतिशत कटौती गरेर वितरण गर्नुको कारण समेत नगरपालिकाले प्रष्ट पार्न नसकेको पत्रकार भेटघाट कार्यक्रममा बताउनु भएको छ ।

केन्द्र र प्रदेशबाट आएका योजनाहरुको काम नगरपालिकाले अगाडि नबढाएको राजनीतिक इसु होकी नगरपालिकालाई बजेट नचाहिएको हो भनी प्रश्न समेत गर्दै रामपुर नगरपालिकाको मुख्य बाटोको रुपमा रहेको रामपुर खालीवनको मोटर बाटो समपुरक योजना अन्तर्गत १ करोड फ्रिज गएको विषयलाई इङिकत गर्दै आर्थिक वर्षको सुरुमै आएको वजेट जेठ २६ गते मात्र टेण्डर खोलेपछि आन्तरिक के कारण भयो १४ दिन सम्म मुल्यांकन नगरी टेण्डर बदर हुनुको कारण के हो भनी प्रश्न समेत ते¥स्याउनु भएको  छ ।

केन्द्र सरकार तथा प्रदेश सरकारको तर्फबाट परेको वजेट जसरी हुन्छ काम नगर्ने र फ्रिज गराउन तर्फ नगरपालीका लागेको आरोप समेत लगाउनुभएको छ । यसको उदाहरण दिदै खेल मैदान, खरको छानो विस्थापित जस्ता कार्यक्रमको वजेट फ्रिज हुनुलाई लिन सकिन्छ ।

विशेषत जनप्रतिनिधिलाई व्यवस्था गर्दै छलफलबाट अगाडि बढ््न भन्दा बहुमतबाट पास गर्न तर्फ लागियो  । दफा वार छलफल हुनुपर्ने नीति तथा कार्यविधि ऐन छलफल नगराई २ घण्टामा नै सकाइएको छ । वजेट विनियोजन २ घण्टामै सम्पन्न हुनु नगरपालिकाको नियतमा खोट छ भन्ने बुझ्न सकिन्छ ।

त्यस्तैगरी उहाँले राष्ट्रिय गौरवको को आयोजनामा कालिगण्डकी करिडोरका लागि हेभि इक्यूपमेन्ट प्रयोग गरी खोला नाला अस्त व्यस्त भएका छन् आम्दानी गर्ने भनिए पनि त्यसबाट आउनुपर्ने ४० हजार घनमिटरको गिटी बालुवाको हिसाब नदेखाई अगाडि बढेको छ । रामपुरका विकासका निम्ति नेकपा सदैव आत्मसाथ गर्न तयार रहेको भन्दै विरोध खुसीले होइन बाध्यताले गर्नुपर्ने भएको बताउनु भएको छ ।

नेकपाका जिल्ला कमिटी सदस्य एवं रामपुर नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बोल्दै रामपुरका विकासका निम्ति सधै प्रतिपक्ष भन्दा पनि सहकार्यका रुपमा अगाडि बढ्न चाहेको तर यहाँ रहेको सत्ता पक्षले कहिले पनि सहयोग लिन  सकेन भन्दै रामपुर नगरपालिकामा रहेको समन्वय समितिबाट समेत असार ३ गते राजिनामा दिएको जानकारी गराउनु भएको छ ।

रामपुरको विकासका निम्ति मिल्नुको विकल्प छैन भन्दै हामी नगर समन्वयमा गयौं तर समन्वयलाई बाइपास गर्दै समन्वयको भुमिका निर्णयलाई कार्यान्वयन नगरिसकेपछि राजिनामा दिएको बताउदै हामी केन्द्रमा सत्ता पक्षमा छौं , यहाँ प्रतिपक्षमा भएपनि बहिष्कार गर्नु हुदैंन भनी विरोध र आफ्ना फरक धारणा राखेका हौं समेत भन्नु भएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदै नगर अध्यक्ष भट्टराईले नगपालिकाको विकास र सुशासन पारदर्शिताका लागि सधैं लाग्ने बताउनु भएको छ । पत्रकारको भेटघाटको संचालन वडा नं१ का अध्यक्ष मित्रलाल कंडेलले गर्नु भएको हो  ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय