बन्दनापोखरेल
रामपुर पाल्पा (साउन १)
मदनआश्रित प्रतिष्ठान रामपुर पाल्पाको चौथो साधारण सभा भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विचार प्रवद्र्धक स्व. क. मदन भण्डारी र क. जीवराज आश्रितको सम्झनामा स्थापना गरिएको प्रतिष्ठानको साधारण सभा रामपुर बेझाडमा अवस्थित मदनआश्रित स्मृति प्रतिष्ठानमा भएको हो ।

प्रतिष्ठानका उपाध्यक्ष पिताम्बर आचार्यको स्वागतबाट सुरु भएको साधारण सभामा प्रदेश नं५ प्रदेश सभाका सदस्य एवं मदनआश्रित प्रतिष्ठानका पूर्व अध्यक्ष युवराज खनालको प्रमुख आतिथ्यतामा भएको हो ।

प्रदेश सभाका सदस्य खनालले बोल्दै जनताको बहुदलीय जनवादको प्रतिपादक आजको नेकपाको सुत्रधार मदन भण्डारीलाई सम्झदै उहाँकाविचार र सिद्धान्तमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि बढिरहेको बताउँदै दुरदर्शी नेता मदन भण्डारीका भनाईहरुलाई राख्नु भएको थियो ।

साधारण सभामा गत वर्षको आर्थिक प्रतिवेदन प्रस्तुतगर्दै प्रतिष्ठानका अध्यक्ष राधाकृष्ण कंडेलले विधान संशोधन प्रस्ताव पेश गर्नुभयो । विधान माथि आवश्यक छलफल गर्दै सदस्यता सम्बन्धिको दफा परिमार्जन गर्ने निर्णय भएको छ ।

मदनआश्रित प्रतिष्ठानको स्थापना गर्नुको उद्देश्यबारे बोल्दै प्रतिष्ठानका अध्यक्ष कंडेलले अब आउने दिनमा विभिन्न सीपमुलक तालिमको व्यवस्था गरी स्वरोजगार बनाउन पहल गर्ने समाजका विपन्न व्यक्ति तथा शहीद परिवारमा बालबालिकालाई शिक्षादिक्षा र रोजगारमा सहयोग पु¥याउने । बहुप्राविधिक शिक्षालय सञ्चालनको माध्यमद्धारा तथा दक्षजनशक्ति उत्पादन गरी देश विकासकालागि टेवा पु¥याउने ।

जनताको चेतना स्तरलाई वृद्धि गर्न विभिन्न संचार माध्यमको स्थापना र संचालनगर्न सकिनेछ । जनताको स्वास्थ्यलाई ख्यालगर्दै सरसफाई कार्यक्रम, स्वास्थ्यशिविर, एम्वुलेन्स, ब्लडवैंक, सामुदायिक स्वास्थ्य केन्द्र व्यवस्था, निर्माण र संचालनगर्न सकिनेछ ।

कृषिमा व्यावसायिकरण तथा आधुनिकरण गर्न तालिम र विभिन्न कार्यक्रम संचालन गरिने बताउनु भएको छ । साधारण सभामा नेकपाका जिल्ला कमिटी सदस्य राजेन्द्र लक्ष्मी गैह्रे,नगर कमिटी अध्यक्ष कमलराज भट्टराई लगायतले आफ्ना भनाई राख्नु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय