धनबहादुर ठाडा असार २९ पाल्पा ,

निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५६ करोड २३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा शनिबार बसेको गाउँ सभाले बजेट सार्वजनिक गरेको हो।

निस्दीले आगामी आर्थिक वर्ष २०७७र०७८ को लागि चालु , पुँजीगत , सामाजिक सुरक्षा भत्ता सशर्त अनुदान गरि कुल ५६ करोड २३ लाख ४६ हजार १ सय ४० रुपैयाँ बराबरको बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले बताउनुभयो।

उपाध्यक्ष रिता कुमारी अर्यालले पेस गर्नुभएको बजेटलाई गाउँ सभाले परित गरेको छ। निस्दीले नीति तथा कार्यक्रम अनुसार कृषि , पशुपालन र रोजगारीमा जोड दिदै बजेट विनियोजन गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभयो ।

गाउँ सभाले कृषि तर्फ २ करोड ४७ लाख , पशु तर्फ १ करोड १८ लाख , उद्योग तथा वाणिज्य तर्फ ६ लाख , पर्यटन तर्फ २० लाख , सहकारी तर्फ ५ लाख त्यसैगरी शिक्षा तर्फ १ करोड ८५ लाख , स्वास्थ्य तर्फ १ करोड ६७ लाख , खानेपानी तथा सरसफाइ तर्फ १ करोड ५० लाख , खेलकुद तथा मनोरञ्जन तर्फ २५ लाख बजेट विनियोजन गरेको छ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ ५७ लाख , स्थानीय सडक पुल तथा झोलुङ्गे पुल तर्फ ३ करोड २ लाख , सिंचाइ तर्फ ६ लाख १५ हजार , भवन तथा शहरी विकास तर्फ २ करोड ६४ लाख , उर्जा तथा साना जलविद्युत तर्फ १ करोड ३५ लाख , संचार तर्फ ४ लाख ४० हजार , वातावरण तथा विपत व्यवस्थापन तर्फ १० लाख , संस्थागत विकास , सेवा प्रवाह र सुशासन तर्फ ३५ लाख बराबरको बजेट विनियोजन गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय